काठमाडौं– फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा १–० गोलले पराजित भयो।
साफ च्याम्पियनसिपको तयारीका रुपमा नेपाल मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स भ्रमणमा गएको हो।
फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा फिलिपिन्सका जार्वे गायसोले गरेको गोल नै निर्णायक बन्यो।
फिलिपिन्सबाट नेपाल साफ च्याम्पियनसिप खेल्न भारत जानेछ। साफमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र कुवेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।