काठमाडौं- फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ। बिहीबारको खेलबाट मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन्।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले उनीहरुलाई पहिलो रोजाइमा खेलाउँदै डेब्यु गराएका हुन्। खेलमा विमलसँगै डिफेन्समा सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्दलाई खेलाइएको छ।
मिडफिल्डमा लाकेनसँगै एरिक विष्ट र पुजन उपरकोटी छन्। नवयुग श्रेष्ठ, अन्जन विष्ट र आयुष घलानले आक्रमण गर्नेछन्। कप्तान किरण चेम्जोङ गोलरक्षकको भूमिकामा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।