काठमाडौं– नेपालले आज बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। साफ च्याम्पियन्ससिपअघि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण अभ्यास खेल खेल्न लागेको हो।
साफ च्याम्पिन्ससिप यही असार ६ गतेदेखि भारतमा हुँदैछ। त्यसैको तयारीस्वरुप नेपालले अभ्यास खेल खेल्न लागेको हो। नेपाली समयअनुसार दिउँसो पौन ५ बजे फिलिपिन्सको राजधानी मनिलामा खेल हुनेछ।
फिलिपिन्सको खेलपछि नेपाली टोली साफ खेल्न त्यतैबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ।
साफ च्याम्पियन्ससिपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन्। समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।