• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नक्कली भुटानी शरणार्थी प्रकरण:

हाइप्रोफाइल अधिवक्ता उतार्दै न्यायाधीशमाथि दबाब बढाउने खाणको रणनीति

बहालवालासहित बारका ५ पूर्वअध्यक्ष र २ पूर्वमहान्यायाधीवक्ताले गरे बहस
64x64
दुर्गा दुलाल बुधबार, जेठ ३१, २०८०  १६:२४
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका लैजाने भन्दै करोडौं ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले हाइप्रोफाइल अधिवक्ताहरु उतार्दै न्यायाधीशमाथि दबाबको रणनीति राखेका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खाणले बार अध्यक्ष, पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरुलाई बहसमा उतार्दै दबाब सिर्जनाको रणनीति बनाएका हुन्। खाणको पक्षबाट मंगलबार पूरै दिन र बुधबार आधा दिन (खाजा ब्रेक) अघिसम्म बहस भएको छ। मंगलबार नै सबै प्रतिवादीहरुको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमराज न्यौपानेले आदेश दिए पनि खाण पक्षकै बहस मंगलबार सकिएन।

मंगलबार साँझ अबेरसंम अधिवक्ता मनिराम उपाध्यायले बहस गरेका थिए। त्यसपछि न्यायाधीश न्यौपानेले अब तपाईंहरुको समय सकियो, बाँकी प्रतिवादीहरुको तर्फबाट बहस हुन्छ भनेका थिए। त्यसपछि खाणको पक्षमा बहस गर्न भनेर पुगेका पूर्वमहान्यायधिवक्ता खम्बहादुर खातीसहित अधिवक्ताहरूको टोलीले आफूहरुलाई अझै समय चाहिने बताएका थिए।

त्यसपछि न्यायाधीश न्यौपानेले दिग्दार हुँदै भने ‘अब त मैले हात उठाउने बेला भइसक्यो। तपाईंहरुलाई पहिला नै भनेको होइन, आज सबैको बहस सक्नुपर्छ भनेर। तपाईंहरुले अदालतलाई नै निरीह बनाउनुभयो। एउटै कुरा दोहोर्‍याएर समय खेर फाल्ने? सबै कुरा आइसक्यो अब नाम टिपाउनुस्।’

तर न्यायाधीशको भनाइमा खाणका अधिवक्ताहरु सहमत भएनन्। बुधबार खाजा ब्रेकअघिसम्मको समय मागे। त्यसपछि न्यायाधीशले १२ बजेभित्र सक्न भने। तर एक घण्टामा नसकिने र खाजा ब्रेकसम्मको समय मागेका थिए। सोही अनुसार बुधबार पनि खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खाती, नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र वरिष्ठ अधिवक्ता ललित बस्नेतले बहस गरे।

खाणको प्रतिरक्षामा उत्रिएका अधिवक्ताहरु सरह नै समय अन्य प्रतिवादीहरुका अधिवक्तालाई दिने हो भने एक महिनामा पनि प्रतिरक्षा बहस नसकिने हुन्थ्यो। तर अन्य प्रतिवादीका अधिवक्तालाई भने खाणको जसरी डेढ दिनको समय न्यायाधीश न्यौपानेले दिएनन्।

बहालवालासहित बारका ५ पूर्वअध्यक्ष र २ पूर्वमहान्यायाधिवक्ताले गरे बहस
डीएलएमा संलग्न रहेका र बारका पदाधिकारी रहेका अधिवक्ताहरुसहित ३० भन्दा बढीले खाणको पक्षबाट बहस गर्न भन्दै नाम टिपाएका थिए। तर बहसका लागि समय नपाएपछि नाम समावेश गरिदिन भन्दै थप नाम टिपाएका छन्।

खाणको पक्षबाट प्रतिरक्षा बहस गरेका अधिवक्ताहरु सबैजसो हाइप्रोफाइल छन्। दुईदिन गरेर खाणको पक्षबाट १३ जनाले बहस गरे। जसमध्ये बारका बहालवाला अध्यक्षसहित चार पूर्व अध्यक्ष छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, अर्का वरिष्ठ अधिवक्ता तथा बारका पूर्वअध्यक्ष शेरबहादुर केसी, बारका पूर्वअध्यक्ष रहेका वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र बारकै पूर्वअध्यक्ष भइसकेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले खाणको पक्षबाट बहस गरे।

यसैगरी पूर्वमहान्यायाधिवक्ताहरुले समेत खाणको पक्षबाट बहस गरेका छन्। दुई पूर्वमहान्यायाधिवक्ताहरु खम्बबहादुर खाती र महादेव यादवले खाणको पक्षबाट बहस गरे। खाणको पक्षबाट हाइप्रोफाइल अधिवक्ताहरुले अदालतमा बहस गरिरहँदा नेत्रविक्रम चन्द विप्लव सी नेतृत्वको नेकपाका कार्यकर्ताहरुले भने अदालत अगाडि नाराजुलुस नै गरेका थिए। राज्यको ठूलो अहोदामा बसेर राज्यविरुद्धकै अपराध गरेकाहरुलाई जोगाउन वरिष्ठ अधिवक्ताहरु लावालस्कर लागेर बहसमा उत्रिएको भन्दै उनीहरुले त्यसको विरोध गरे। विप्लव सी पार्टीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेपछि केही कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ।

बारका अध्यक्ष तथा पूर्वअध्यक्ष र पूर्वमहान्यायाधिवक्ताहरुसँगै अन्य अधिवक्ताहरुले पनि खाणको पक्षबाट बहस गरेका छन्। तत्कालीन राष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार रहेका वरिष्ठ अधिवक्ता ललित बस्नेत, बारका पूर्वपदाधिकारी एकराज पोखरेल, वरिष्ठ अधिवक्ता नृसिंह कुमार खत्री, पंकजनाथ कर्ण, अजयशंकर झा, मनिराम उपाध्याय र लक्ष्मी थापा खड्काले खाणको पक्षबाट प्रतिरक्षा बहस गरेका छन्।

सबैको एकै स्वर–पूर्वाग्रह साँधेर फसाउन खोजियो 
खाणको पक्षबाट बहस गरेका सबै अधिवक्ताहरुले पूर्वाग्रह साँधेर फसाउने षड्यन्त्रले मुद्दा चलाइएको आरोप लगाएका छन्। कुनै पनि पीडित तथा जाहेरीकर्ताले जोहरीमा खाणको नाम उल्लेख नगरेको, कुनै वस्तुनिष्ठ प्रमाणबिना नै मुद्दा चलाइएको उनीहरुको जिकिर छ। पूर्ववर्ती सरकारले गरेको कामलाई निरन्तरता दिने काम मात्रै खाणको पालामा भएको र त्यसमा कुनै लेनदेनमा संलग्नता नरहेको दाबी उनीहरुको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्रीसम्म हुने हैसियत भएका खाणको करिअर ड्यामेज गर्नका लागि झुटा मुद्दा लगाइएकाले साधारण तारेखमा रिहा गर्नुपर्ने तर्क खाणका वकिलहरुले गरेका छन्। भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढाउन भनेर हस्ताक्षर गर्ने कर्मचारीलाई उन्मुक्ति दिने र त्यो फाइलको विषय नै थाहा नभएका र देशको सम्पूर्ण सुरक्षा प्रणालीको जिम्मा लिएका व्यक्तिलाई बिना प्रमाण मुद्दा चलाइएको जिकिर उनीहरुले गरेका छन्।

खाणको साथबाट बरामद भएको मोबाइलमासमेत कुनै प्रमाण नभएको, पीडितले दिएको जाहेरीमा खाणको नाम उल्लेख नभएको, पैसाको लेनदेन भएको प्रमाण नदेखिएको, कुनै पनि अभियुक्तले बयानमा खाणको नाम नपोलेको, आरोपित खाणलेसमेत आरोप अस्वीकार गरेकाले उनी निर्दोष रहेको जिकिर अधिवक्ताहरुले गरेका छन्।

प्रतिवादीहरुको पटक–पटक बयान लिएर खाणको नाम पोल्न लगाइएको, यो प्रकरणमा अन्य अभियुक्तहरुसँग कुनै चिनजान नै नरहेकाले उनी निर्दोष रहेको दाबी गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने माग खाणका वकिलहरुको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १६:२४
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्