काठमाडौं– इम्पेरियो ग्लोबल प्रालिले कलरजेटको भर्भ मिनी एलईडी यूभी प्रिन्टर र सोनीक्यी डिजिटल प्रिन्टर नेपाली बजारमा ल्याएको छ।
हयात रिजेन्सी काठमाडौंमा एक कार्यक्रमका बीच प्रालिले कलरजेटको भर्भ मिनी एलईडी यूभी प्रिन्टर र सोनीक्यी डिजिटल प्रिन्टर नेपाली बजारमा ल्याएको हो।
भर्भ मिनीले मल्टी-लेयर प्रिन्टिङ प्रविधि प्रयोग गर्छ। यसले पीवीसी पाना, ऐक्रेलिक पाना, मेटल, ग्लास, एसीपी, डब्ल्यूपीसी, एमडीएफ, लेदर ३ बाइ ५ फिट र ६५५ मिमीको उचाइसम्म छाप्ने कम्पनीले जनाएको छ।
यसमा भेरिएबल ड्रप टेक्नोलोजी, बेस्ट इन क्लास स्वचालन जस्ता सुविधाहरू छन्। यो प्रिन्टरको बजार मूल्य २४ लाख ५० हजार रुपैयाँ तोकिएको छ। भर्भ मिनी खरिदका लागि केही अग्रिम बुकिङसमेत भइसकेको कम्पनीले जनाएको छ।
यस्तै सोकीक्यीले फ्लेक्स ब्यानर, विनाइल, वालपेपर र क्यानभास छाप्न सक्छ। यो ३.२ मिटर रोल टु रोल प्रिन्टिङ मेसिन हो जसले जापानी प्रिन्ट टेक्नोलोजी र कम गन्ध र कम भीओसी मसी प्रयोग गर्छ। यसको बजार मूल्य १७ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।