काठमाडौं– नेपाल विज्ञापन संघ आनले आफ्नो ३३औं वार्षिकोत्सव सिर्जनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ भव्य तथा सभ्य रुपमा मनाएको छ।
यही जेष्ठ ३० गते संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभात फेरिसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाइयो।
शान्तिनगरबाट सुरु भएको प्रभात फेरि कार्यक्रम सहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो।
कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सिर्जनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूर्ण संचार माध्यम,विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताएका थिए।
कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गरेका थिए। कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।