मुम्बई– बलिउड अभिनेत्री रकुल प्रित सिंहले साढे २ मिनेटको दृष्यका लागि आफू १४ घन्टासम्म पानीमा रहनुपरेको बताएकी छिन्। फिल्म ‘आई लव यू’ का लागि उक्त मेहनत गरिएको हो।
यो फिल्ममा रकुल साढे २ मिनेट पानीमा देखिनेछन्। जुन सुट गर्ने क्रममा उनले १४ घन्टामा पानीमा बिताउनुपरेको थियो। त्यसपछि मात्रै शट ओके भएको थियो।
उनले भनेकी छिन्, 'यो फिल्मका लागि मलाई अन्डरवाटर सिक्वेन्स सुट गर्नु थियो। यसका लागि मलाई एकजना स्कुबा इन्स्ट्रक्टरले तालिम दिए। उनले मलाई साढे २ मिनेट पानीभित्रै रहन सिकाए। यसका लागि म दिउसो २ बजेदेखि बिहान ४ बजेसम्म पानीमा रहेँ।'
उनले दुई महिनाअघि नै यसका लागि तालिम लिएकी थिइन्। उनले आफूले चुनौती स्वीकार गरेको बताइन्। आफू चिसो पानीमा यत्रो समय रहेको उल्लेख गरिन्।
आफूलाई चिसो लाग्नबाट जोगाउन बीचमा तातो पानी समेत हालिएको बताइन्। केही समय त क्लोरिनका कारण आफ्नो आँखा दुख्न थालेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।