काठमाडौं– सेयर बजारमा ३४ अंकको उछालले नेप्से परिसूचक २ हजारमाथि पुगेको छ। मंगलबारको कारोबार सकिँदा करिब ४ अर्ब १२ करोड माथिको कारोबार हुँदै नेप्से उक्त अंकमा कायम भएको हो।
यस्तै, ९६ कम्पनीको मूल्यमा वृद्धि हुँदा २२ वटा कम्पनीको भूल्य भने घटेको छ। ५ वटाको मूल्य भने स्थिर रहेको छ।
यस्तै, करिब सबै उपसूचकहरु बढेका छन्। सबैभन्दा धेरै जीवन बीमा कम्पनी रहेको छ। यो २७६ अंकले बढेको छ। त्यस्तै, बैंकिङ ७, विकास बैंक ५८, फाइनान्स ३६, होटल तथा पर्यटन १०३, जलविद्युत् ४८, उत्पादन २२१, माइक्रोफाइनान्स ९६, निर्जीवन बीमा २२४, अन्य १५ र ब्यापार उपसमूह ६१ अंकले बढेको छ।
बुधबार विन नेपाल लघुवित्त, भूगोल इनर्जी, सिटी होटलको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, हिमालयन डिस्टिलरीको ८.८ र शिवम् सिमेन्टको मूल्य ८.२ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।