काठमाडौं– नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटर बाईक को अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनिले होण्डा "एक्सचेन्ज र फाईनान्स मेला" भैरहेको जनाएको छ।
आफ्नो पुरानो मोटर बाईक संग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहक बर्गले अधिकतम लाभ लिइरहेको आयोजकको भनाइ छ।
मेलामा, आफ्नो पुरानो बाईक संग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै रु. ५०००/- एक्सचेन्ज बोनस पनि पाइनेछ। र, साथमा रु. १०,०००/- सम्म को आकर्षक 'स्क्र्याच कुपन' ले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भइरहेका छन्।
यस, होण्डा "एक्सचेन्ज र फाईनान्स मेला" मा, सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद पनि गर्न सकिन्छ। 'होण्डा फाईनान्स' मार्फत मात्रै ५९,९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १% को ब्याजदरमा, मेला बाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिंग कम्पनिको विश्वास छ।
जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमान्डौका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टैनै होण्डा "एक्सचेन्ज र फाईनान्स मेला" देश भर पनि लागू हुने कम्पनिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।