• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकालाई ‘जंक फुड’को लतबाट कसरी छुटाउने?

64x64
नेपाल लाइभ सोमबार, जेठ २९, २०८०  ०७:४९
1140x725

काठमाडौं– भनिन्छ, ‘गुड फुड’ (स्वस्थ खानेकुरा)ले ‘गुड मुड’ बनाउँछ, ‘ब्याड फुड’ले हाम्रा दिनचर्या पनि खराब बनाउँछ। यो कुरा बालबालिकाका लागि झनै महत्त्वपूर्ण छ। किनभने, खराब खानाले उनीहरूको दिनमात्रै खराब बनाउँदैन, शारीरिकदेखि मानसिक स्वास्थ्यसम्मै असर गर्छ।

सन् २०१६ मा युनिर्भसिटी अफ जुरिकका वैज्ञानिकहरूले एक अनुसन्धान गरे। उक्त अनुसन्धानमा एउटा सानो उमेरको मुसालाई उच्च मात्रामा फ्याट भएको जंक फुड अर्थात् पत्रु खाना खुवाइयो। लगातार चार हप्तासम्म मुसालाई खुवाइएको जंक फुडले उसको मस्तिष्कका तन्तुहरू काम नगर्ने बन्‍न पुग्यो। मस्तिष्कका तन्तु खराब हुँदै जाँदा विस्तारै मुसाको तौल पनि वृद्धि हुन थाल्यो। पछि मुसाको व्यवहार र निर्णय लिने क्षमता पूर्णरूपमा कमजोर भयो।

वैज्ञानिकले सानो मुसासँगै उमेर पुगेको जवान मुसालाई पनि उस्तै फ्याट धेरै भएको जंक फुड खुवाएका थिए। सानो मुसाको तुलनामा जवान मुसामा खासै असर देखिएन। यो शोधबाट युनिर्भसिटी अफ जुरिकका वैज्ञानिकले जंक फुडले वयस्क मानिसलाई भन्दा बालबालिकाको स्वास्थ्यलाई तीव्र असर पार्ने निष्कर्ष निकाले।

बालबालिकाका लागि ‘स्लो पोइजन’ जस्तै 
पोषणविद्‍समेत रहेकी डा. पुनम कार्की बालबालिकाका लागि जंक या फास्ट फुड ‘स्लो पोइजन’ (मन्द विष) जस्तै भएको बताउँछिन्। उनले भनिन्, ‘जंक फुडले केही समयका लागि इनर्जी दिन्छ। किनभने, यस्ता खानेकुरामा प्रशस्त मात्रामा फ्याट, सुगर र साल्ट (चिल्लो, चिनी र नून) हुन्छ। तर, मानिसका लागि चाहिने फाइबर, प्रोटिन, भिटामिन र मिनरलजस्ता पोषक तत्व पाइँदैन।’

अझै कतिपय जंक फुडमा त अखाद्यवस्तु पनि मिसाइएको हुन्छ। जस्तैः आकर्षक देखाउनका लागि कलर, स्वादका लागि विभिन्‍न फ्लेवर राखिएको हुन्छ। डा. कार्कीका अनुसार यस्ता खानेकुरा बनाउने तरिका र स्थान पनि स्वास्थ्यको लागि हानिकारक हुन्छन्।

यस्ता खानेकुराले हानी गर्छ भन्‍ने बुझेका मानिसलाई समेत जंक फुडको लत लाग्ने उनको भनाइ छ। ‘बालबालिका त यसबाट बेखबर हुन्छन्। उनीहरूलाई जंक फुडको असर थाहा हुँदैन, त्यसैमाथि यसको स्वादले उनीहरू आकर्षित हुन्छन्,’ डा. कार्कीले भनिन्।

यदि कुनै बच्चा जंक फुडमात्रै खान खोज्छ अथवा यस्ता खानेकुराको लत उसमा बसिसकेको छ भने उसको शरीरमा तत्काल देखिने असर र दीर्घकालीन असरहरू पर्नसक्छ। पोषणविद् डा. कार्कीले सुनाएको जंक फुडको असर यस्ता छन्:

मोटोपन
धेरै जंक फुड या फास्ट फुड खाने बालबालिका मोटोपनको शिकार बन्छन्। किनभने, यस्ता खानेकुरामा मानिसलाई चाहिनेभन्दा कयौं गुणा धेरै क्यालोरी हुन्छ। घरमा बनेको खानेकुराबाट पाउने क्यालोरीको तुलनामा जंक फुडबाट पाउने क्यालोरी धेरै प्रतिशतले बढी हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

शरीरलाई चाहिनेभन्दा धेरै क्यालोरी शरीरमा जानेबित्तिकै त्यो फ्याट (बोसो)मा परिणत हुन्छ र शरीरमा जम्मा हुन थाल्छ। फलस्वरुप बालबालिका मोटोपनको शिकार हुन पुग्छन्। यस्तै, यी खानामा फाइबरको मात्रा निकै कम हुने भएकाले उनीहरूको पाचन प्रणालीमासमेत समस्या पर्न जान्छ। सानैदेखि कव्जियतको समस्या हुनसक्छ। यो बढ्दै गएर पछि पायल्स या फिस्टुला लगायतका दीर्घकालीन समस्या देखिनसक्छ।

दीर्घकालीन रूपमा हुने बिरामी
जंक या फास्ट फुड जसलाई नेपालीमा ‘कूखाद्य’ पनि भनिन्छ, यस्ता खानेकुराले लामो समयपछि देखिने समस्यालाई बढावा दिन्छ। जस्तैः मुटुरोग, डाइबिटिज, मिर्गौलामा आउने समस्या आदि। किनभने, जब बालबालिकाले अधिक मात्रामा जंक फुड खान थाल्छन् उनीहरूको शरीरमा परिवर्तन सुरू हुन्छ। प्राकृतिकभन्दा पर, खानेकुराका कारण शरीरमा आएको परिवर्तन नै दीर्घकालीन समस्याको जड हो।

हिजोआज बालबालिकाको दाँत प्रायः कमजोर र बिग्रिएको आउने गरेको छ। यसमासमेत जंक फुडकै भूमिका बढी हुने गर्दछ।

डिप्रेसन
खानेकुराको कारण मानसिकरूपमा समेत समस्या पर्छ भन्दा अचम्म मान्‍नु पर्दैन। किनभने, स्वस्थ खानेकुराले शरीर फूर्तिलो बनाउँछ। फूर्तिलो शरीरकै कारण मानसिकरूपमा हामी स्वस्थ रहन सक्छौं। 

Xtrem

Xtrem

जंक फुडले शरीर फूर्तिलो बनाउँदैन। यस्ता खानेकुरा छिट्टै ग्लुकोजमा परिणत हुन्छ र छिट्टै समाप्त। त्यसैले, जंक फुड खाँदा छिटो भोक लाग्छ। भोक लागेपछि खान परिहाल्यो। जंक फुडको बानी लागेका बालबालिका अन्य स्वस्थ खानेकुरा खान रूचाउँदैनन् र फेरि जंक फुड नै खान्छन्। जसले गर्दा उनीहरू अल्छी पनि हुन्छन्, बदलामा मोटोपन बढ्दै जान्छ। मोटोपनले उनीहरू वाह्य क्रियाकलापमा सहभागी हुन सक्दैनन्, बाहिरका मानिसलाई फेस गर्ने आत्मबल पनि हुँदैन। जसले गर्दा उनीहरू डिप्रेसनको शिकार बन्‍न सक्छन्।

कस्ता खानेकुरा खुवाउने त?
पोषणविद् डा. कार्की भन्छिन्, ‘बालबालिकाको शरीर अरू उमेर समूहमा भन्दा छिटो हुर्कने भएकाले उनीहरूको खानेकुरामा ध्यान दिन निकै जरूरी छ। शरीर छिटो बढिरहेको हुन्छ र पेट पनि सानो हुन्छ। त्यसैले उनीहरूलाई उमेर पुगेका मानिसलाई जसरी खानेकुरा खुवाउनु हुँदैन। केही समयको अन्तरालमा खुवाइरहनुपर्छ।’

बालबालिकालाई खुवाउने खानामा प्रत्येक दिन शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा भएको हुनुपर्छ। एकै खानेकुराबाट सबै पोषक तत्त्व नपाइने हुनाले उनीहरूका लागि मिश्रित खाना खुवाउँदा राम्रो हुन्छ। उनले भनिन्, ‘हरेक दिन बालबालिकाको खानामा हरियो सागपात, फलफूल र मासुजन्य कुरा हुनु आवश्यक छ। मासु नखाने बालबालिकालाई प्रोटिन पाइने गेडागुडी खुवाउँदा राम्रो हुन्छ।’

निषेधाज्ञाले अभिभावकका लागि आफ्ना सन्तानसँग समय बिताउने माहोल बनाइदिएको छ। तिनै बालबालिकाका लागि भनेर काममा घोटिने अभिभावक निषेधाज्ञामा २४ सै घण्टा सन्तानसँग छन्। यस्तो अवस्थामा उनीहरूका लागि आफ्नै हातले स्वस्थ खानेकुरा खुवाउने गर्नुपर्ने उल्लेख गर्दै पोषणविद् डा. कार्की भन्छिन्, ‘खानामा फाइबरको मात्रा बढाउनुहोस्, मैदाको मात्रा घटाउनुहोस्। कतिपय घरमा खाने खानामासमेत अजिना मोटो प्रयोग हुने गरेको छ, यदि त्यस्तो छ भने त्यसलाई बन्द गर्नुहोस्।’

यदि बालबालिका एक पटकमात्रै स्वस्थ खानेकुराको लतमा परे भने पछि उनीहरूको शरीरले जंक फुड खान खोज्दैन। यसले उनीहरूको शरीरिकदेखि मानसिक स्वास्थ्यसम्मलाई फूर्तिलो राख्न मद्दत गर्छ।

(नेपाल लाइभमा यो सामग्री पहिलोपटक असार १, २०७८ मा प्रकाशित भएको थियो।) 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्