• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
बालबालिकालाई ‘जंक फुड’को लतबाट छुटाउने अवसर
64x64
पुष्पा थपलिया मंगलबार, असार १, २०७८  ०७:०३
1140x725

काठमाडौं- भनिन्छ, ‘गुड फुड’ (स्वस्थ खानेकुरा)ले ‘गुड मुड’ बनाउँछ, ‘ब्याड फुड’ले हाम्रा दिनचर्या पनि खराब बनाउँछ। यो कुरा बालबालिकाका लागि झनै महत्त्वपूर्ण छ। किनभने, खराब खानाले उनीहरूको दिनमात्रै खराब बनाउँदैन, शारीरिकदेखि मानसिक स्वास्थ्यसम्मै असर गर्छ।

सन् २०१६ मा युनिर्भसिटी अफ जुरिकका वैज्ञानिकहरूले एक अनुसन्धान गरे। उक्त अनुसन्धानमा एउटा सानो उमेरको मुसालाई उच्च मात्रामा फ्याट भएको जंक फुड अर्थात् पत्रु खाना खुवाइयो। लगातार चार हप्तासम्म मुसालाई खुवाइएको जंक फुडले उसको मस्तिष्कका तन्तुहरू काम नगर्ने बन्‍न पुग्यो। मस्तिष्कका तन्तु खराब हुँदै जाँदा विस्तारै मुसाको तौल पनि वृद्धि हुन थाल्यो। पछि मुसाको व्यवहार र निर्णय लिने क्षमता पूर्णरूपमा कमजोर भयो।

वैज्ञानिकले सानो मुसासँगै उमेर पुगेको जवान मुसालाई पनि उस्तै फ्याट धेरै भएको जंक फुड खुवाएका थिए। सानो मुसाको तुलनामा जवान मुसामा खासै असर देखिएन। यो शोधबाट युनिर्भसिटी अफ जुरिकका वैज्ञानिकले जंक फुडले वयस्क मानिसलाई भन्दा बालबालिकाको स्वास्थ्यलाई तीव्र असर पार्ने निष्कर्ष निकाले।

बालबालिकाका लागि ‘स्लो पोइजन’ जस्तै 
पोषणविद्‍समेत रहेकी डा. पुनम कार्की बालबालिकाका लागि जंक या फास्ट फुड ‘स्लो पोइजन’ (मन्द विष) जस्तै भएको बताउँछिन्। उनले भनिन्, ‘जंक फुडले केही समयका लागि इनर्जी दिन्छ। किनभने, यस्ता खानेकुरामा प्रशस्त मात्रामा फ्याट, सुगर र साल्ट (चिल्लो, चिनी र नून) हुन्छ। तर, मानिसका लागि चाहिने फाइबर, प्रोटिन, भिटामिन र मिनरलजस्ता पोषक तत्व पाइँदैन।’

बालबालिकाको शरीर अरू उमेर समूहमाभन्दा छिटो हुर्कने भएकाले उनीहरूको खानेकुरामा ध्यान दिन निकै जरूरी छ।

अझै कतिपय जंक फुडमा त अखाद्यवस्तु पनि मिसाइएको हुन्छ। जस्तैः आकर्षक देखाउनका लागि कलर, स्वादका लागि विभिन्‍न फ्लेवर राखिएको हुन्छ। डा. कार्कीका अनुसार यस्ता खानेकुरा बनाउने तरिका र स्थान पनि स्वास्थ्यको लागि हानिकारक हुन्छन्।

यस्ता खानेकुराले हानी गर्छ भन्‍ने बुझेका मानिसलाई समेत जंक फुडको लत लाग्ने उनको भनाइ छ। ‘बालबालिका त यसबाट बेखबर हुन्छन्। उनीहरूलाई जंक फुडको असर थाहा हुँदैन, त्यसैमाथि यसको स्वादले उनीहरू आकर्षित हुन्छन्,’ डा. कार्कीले भनिन्।

यदि कुनै बच्चा जंक फुडमात्रै खान खोज्छ अथवा यस्ता खानेकुराको लत उसमा बसिसकेको छ भने उसको शरीरमा तत्काल देखिने असर र दीर्घकालीन असरहरू पर्नसक्छ। पोषणविद् डा. कार्कीले सुनाएको जंक फुडको असर यस्ता छन्:

Ncell 2
Ncell 2

मोटोपन
धेरै जंक फुड या फास्ट फुड खाने बालबालिका मोटोपनको शिकार बन्छन्। किनभने, यस्ता खानेकुरामा मानिसलाई चाहिनेभन्दा कयौं गुणा धेरै क्यालोरी हुन्छ। घरमा बनेको खानेकुराबाट पाउने क्यालोरीको तुलनामा जंक फुडबाट पाउने क्यालोरी धेरै प्रतिशतले बढी हुन्छ। 

शरीरलाई चाहिनेभन्दा धेरै क्यालोरी शरीरमा जानेबित्तिकै त्यो फ्याट (बोसो)मा परिणत हुन्छ र शरीरमा जम्मा हुन थाल्छ। फलस्वरुप बालबालिका मोटोपनको शिकार हुन पुग्छन्। यस्तै, यी खानामा फाइबरको मात्रा निकै कम हुने भएकाले उनीहरूको पाचन प्रणालीमासमेत समस्या पर्न जान्छ। सानैदेखि कव्जियतको समस्या हुनसक्छ। यो बढ्दै गएर पछि पायल्स या फिस्टुला लगायतका दीर्घकालीन समस्या देखिनसक्छ।

दीर्घकालीन रूपमा हुने बिरामी
जंक या फास्ट फुड जसलाई नेपालीमा ‘कूखाद्य’ पनि भनिन्छ, यस्ता खानेकुराले लामो समयपछि देखिने समस्यालाई बढावा दिन्छ। जस्तैः मुटुरोग, डाइबिटिज, मिर्गौलामा आउने समस्या आदि। किनभने, जब बालबालिकाले अधिक मात्रामा जंक फुड खान थाल्छन् उनीहरूको शरीरमा परिवर्तन सुरू हुन्छ। प्राकृतिकभन्दा पर, खानेकुराका कारण शरीरमा आएको परिवर्तन नै दीर्घकालीन समस्याको जड हो।

हिजोआज बालबालिकाको दाँत प्रायः कमजोर र बिग्रिएको आउने गरेको छ। यसमासमेत जंक फुडकै भूमिका बढी हुने गर्दछ।

डिप्रेसन
खानेकुराको कारण मानसिकरूपमा समेत समस्या पर्छ भन्दा अचम्म मान्‍नु पर्दैन। किनभने, स्वस्थ खानेकुराले शरीर फूर्तिलो बनाउँछ। फूर्तिलो शरीरकै कारण मानसिकरूपमा हामी स्वस्थ रहन सक्छौं। 

जंक फुडले शरीर फूर्तिलो बनाउँदैन। यस्ता खानेकुरा छिट्टै ग्लुकोजमा परिणत हुन्छ र छिट्टै समाप्त। त्यसैले, जंक फुड खाँदा छिटो भोक लाग्छ। भोक लागेपछि खान परिहाल्यो। जंक फुडको बानी लागेका बालबालिका अन्य स्वस्थ खानेकुरा खान रूचाउँदैनन् र फेरि जंक फुड नै खान्छन्। जसले गर्दा उनीहरू अल्छी पनि हुन्छन्, बदलामा मोटोपन बढ्दै जान्छ। मोटोपनले उनीहरू वाह्य क्रियाकलापमा सहभागी हुन सक्दैनन्, बाहिरका मानिसलाई फेस गर्ने आत्मबल पनि हुँदैन। जसले गर्दा उनीहरू डिप्रेसनको शिकार बन्‍न सक्छन्।

कस्ता खानेकुरा खुवाउने त?
पोषणविद् डा. कार्की भन्छिन्, ‘बालबालिकाको शरीर अरू उमेर समूहमा भन्दा छिटो हुर्कने भएकाले उनीहरूको खानेकुरामा ध्यान दिन निकै जरूरी छ। शरीर छिटो बढिरहेको हुन्छ र पेट पनि सानो हुन्छ। त्यसैले उनीहरूलाई उमेर पुगेका मानिसलाई जसरी खानेकुरा खुवाउनु हुँदैन। केही समयको अन्तरालमा खुवाइरहनुपर्छ।’

यदि बालबालिका एक पटकमात्रै स्वस्थ खानेकुराको लतमा परे भने पछि उनीहरूको शरीरले जंक फुड खान खोज्दैन। यसले उनीहरूको शरीरिकदेखि मानसिक स्वास्थ्यसम्मलाई फूर्तिलो राख्न मद्दत गर्छ।

बालबालिकालाई खुवाउने खानामा प्रत्येक दिन शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा भएको हुनुपर्छ। एकै खानेकुराबाट सबै पोषक तत्त्व नपाइने हुनाले उनीहरूका लागि मिश्रित खाना खुवाउँदा राम्रो हुन्छ। उनले भनिन्, ‘हरेक दिन बालबालिकाको खानामा हरियो सागपात, फलफूल र मासुजन्य कुरा हुनु आवश्यक छ। मासु नखाने बालबालिकालाई प्रोटिन पाइने गेडागुडी खुवाउँदा राम्रो हुन्छ।’

निषेधाज्ञाले अभिभावकका लागि आफ्ना सन्तानसँग समय बिताउने माहोल बनाइदिएको छ। तिनै बालबालिकाका लागि भनेर काममा घोटिने अभिभावक निषेधाज्ञामा २४ सै घण्टा सन्तानसँग छन्। यस्तो अवस्थामा उनीहरूका लागि आफ्नै हातले स्वस्थ खानेकुरा खुवाउने गर्नुपर्ने उल्लेख गर्दै पोषणविद् डा. कार्की भन्छिन्, ‘खानामा फाइबरको मात्रा बढाउनुहोस्, मैदाको मात्रा घटाउनुहोस्। कतिपय घरमा खाने खानामासमेत अजिना मोटो प्रयोग हुने गरेको छ, यदि त्यस्तो छ भने त्यसलाई बन्द गर्नुहोस्।’

यदि बालबालिका एक पटकमात्रै स्वस्थ खानेकुराको लतमा परे भने पछि उनीहरूको शरीरले जंक फुड खान खोज्दैन। यसले उनीहरूको शरीरिकदेखि मानसिक स्वास्थ्यसम्मलाई फूर्तिलो राख्न मद्दत गर्छ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१... आइतबार, असार १, २०८२
ताजा समाचारसबै
माधव नेपाल विशेष अदालतमा उपस्थित बुधबार, असार ११, २०८२
सुनको मूल्य तोलामा १५ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? बुधबार, असार ११, २०८२
विशेष अदालतमा हाजिर हुँदै माधव नेपाल बुधबार, असार ११, २०८२
बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ महिलाको सफल शल्यक्रिया बुधबार, असार ११, २०८२
११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्