• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एनसेल लाभकर विवाद : अन्तर्राष्ट्रिय मध्यस्थताको निर्णय कार्यान्वयनका लागि फैसला अध्ययन गर्दै सरकार, तीन मुद्दा सर्वोच्चमा विचाराधीन

64x64
दुर्गा दुलाल आइतबार, जेठ २८, २०८०  १८:५७
1140x725

काठमाडौं- एनसेलले आफ्नो सेयर बिक्री गर्दा लाभकर छली गरेको भनी नेपाल सरकारले निर्धारण गरेको कर विरुद्ध अन्तर्राष्ट्रिय मध्यस्थतामा दायर गरेको मुद्दामा हार बेहोरेको छ। शुक्रबार भएको फैसलामा नेपालले करिब ६६ अर्ब अमेरिकी डलर तिर्नुपर्ने भनी दायर मुद्दामा नेपालले जितेको कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीले बताए। 

एनसेलको ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर एनसेलको स्वामित्व रहेको कम्पनी आजियाटाले तिर्न अस्वीकार गरेपछि विवाद सुरु भएको थियो। यो विवादमा सर्वोच्च अदालतले दुई वटा फैसला सुनाएको थियो। पहिलो पटक सुनाएको फैसलामा धेरै कर निर्धारण भएको थियो भने दोस्रो पटक केही घटेको थियो।

सर्वोच्चमा मुद्दा हारेपछि एनसेलले लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईसी) मा निवेदन दिएको थियो। सुरुमा नेपालले यो विषयमा बेवास्ता गरेर बसेको थियो। तर कानुन मन्त्रालयले पछि जवाफ लेख्दै उक्त प्रकरणमा नेपालको कानुन र प्रक्रियाभित्र रहेर करको दाबी सहितको लिखित जवाफ पेस गरेको थियो। सरकारको उक्त जवाफ बुझाएको ७ वर्षपछि अन्तिम निर्णय भएको हो। योसँगै सेयर खरिद-बिक्रीमा लाभकर लाग्ने नेपालको दाबी प्रमाणित भएको छ।

‘एनसेलको विवादमा नेपालको पक्षमा फैसला भएको छ। हामी उक्त फैसलाको अध्ययनमा छौं,’ कानुन मन्त्रालयका सचिव ज्ञवालीले भने। ‘करिब ६ सय पेजको फैसला अध्ययनपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ब्रिफिङ गरिनेछ। नेपालको समयअनुसार शुक्रबार अबेरमात्रै फैसला आएकोले आइतबारदेखि अध्ययन थालिएको र केही दिनमा सम्बन्धित कार्यालयहरुलाई फैसलाबारे जानकारी गराउने उनले बताए। 

विश्व बैंक अन्तर्गतको आईसीएसआईडीले एनसेलको दाबी नपुग्ने निर्णय सुनाएसँगै नेपाल ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने अवस्थावाट बचेको छ। 

६ करोड ६० लाख अमेरिकी डलर नेपालले बचाएको र नेपालले ढिलो रेस्पोन्स गर्दा केही क्षतिपूर्ति भने बेहोर्नुपर्ने भएको कानुन मन्त्रालयले जनाएको छ। 

के थियो विवाद?
२०७२ पुस ७ गते एनसेलको सेयर होल्डर ‘रेनोल्ड होल्डिङ्स’ को ८० प्रतिशत सेयर ‘टेलियासोनेरा नर्बे नेपाल होल्डिङ्स’ ले मलेसियन कम्पनी आजियाटालाई करिब १ खर्ब ४० अर्ब रूपैयाँमा सेयर बिक्री गर्यो। यसरी बिक्री गर्दा नेपालले कर पाउनबाट वञ्चित भएको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गर्यो। कर विवाद सर्वोच्च अदालत पुग्यो। सर्वोच्चले कर निर्धारण हुनुपर्ने भनी फैसला सुनाएको थियो।  

एनसेलले सर्वोच्चको मुद्दा विरुद्ध पुनरावेदन पनि दायर गर्यो। उक्त मुद्दामा पनि कर तिर्नुपर्ने भनी फैसला भयो। यसपछि नेपाल सरकारले अनावश्यक कर असुली गरेको आरोप लगाउँदै एनसेल र एनसेलको मातृ कम्पनी आजियाटा इन्भेस्टमेन्ट (युके) ले सरकारविरुद्ध आईसीएसआईडीमा निवेदन दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसरी कारोबार हुँदा लाग्ने पुँजीगत लाभकरको केही हिस्सा एनसेलले तिरे पनि देशबाहिरै कारोबार भएकाले थप तिर्नुनपर्ने एनसेलले अडान लिएपछि यो विवाद ठूला करदाता कार्यालय, सर्वोच्च अदालत हुँदै अन्तर्राष्ट्रिय मध्यस्थतामा पुगेको थियो। 

‘अमान्यकरण’ को पर्खाइमा सरकार 
एनसेलको निवेदनमा एक तहको फैसला भएको छ तर उसले अमान्यकरण (एनुलमेन्ट) को लागि माग गर्न समय पाउने भएकाले एनसेलले त्यस्तो माग गर्छ कि गर्दैन भनेर पर्खने मन्त्रालयको मनस्थिति   रहेको छ। एनसेलले निवेदन दिएमा केही समय पर्खनुपर्ने मन्त्रालयले जनाएको छ। तर मध्यस्थतासम्बन्धी निर्णयमा फैसला नै अमान्यकरण हुने सम्भावना भने कम रहेको मन्त्रालयले जनाएको छ।।

‘एनसेलले अमान्यकरण (एनुलमेन्ट) का लागि निवेदन दिनसक्ने समय भएकाले उक्त समय कटेपछि फैसलाको जानकारी सबै निकायमा गराउने तयारी गरेका छौं,’ सचिव ज्ञवालीले भने, ‘अहिले कानुन मन्त्रालयको सक्रियताले जे उपलब्धि हासिल भएको छ, यो ठूलो उपलब्धि हो।’ 

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले यो मुद्दासम्बन्धी सबै कार्य कानुन मन्त्रालयले गरिरहेको र त्यहाँबाट जानकारी आएपछि विभागले गर्नुपर्ने काम गर्ने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘फैसलाको जानकारी पाएका छौं। कानुन मन्त्रालयले यसको जिम्मेवारी लिएर मुद्दा अघि बढाएकाले त्यहाँबाट आउने पत्र अनुसार आन्तरिक राजस्व विभागले काम गर्नेछ,’ उनले भने, ‘थप निर्धारण गर्नुपर्ने वा पुरानै कार्यान्वयन गरेको चित्त बुझाउने फैसला हेरेपछि भन्न सकिएला।’

फैसलामा के भनेको छ, केही जानकारी नभएकाले अहिले नै टिप्पणी गर्नु हतारो हुने उनको भनाइ छ। ‘फैसला अनुसार पुन: कर निर्धारण वा थप केही तिराउनुर्ने भए विभाग तयार नै रहेको छ,’ मैनालीले भने। ‘फैसला नहेरी थप टिप्पणी गर्न सकिएन।’ 

सर्वोच्चमा तीन मुद्दा विचाराधीन 
एनसेलसँग सम्बन्धित सर्वोच्च अदालतमा अझै तीन मुद्दा विचाराधीन छन्। लाभकरसँग जोडिएका यी मुद्दा फैसला भएपछि ठूला करदाता कार्यालयले नयाँ कर निर्धारण गर्न सक्ने बाटो खुल्ने र यसअघि दोस्रो पटक भएको फैसला पनि रिभ्यु हुन सक्ने अनुमान ठूला करदाता कार्यालयले गरेको छ। 

१. उपेन्द्र महतोको कम्पनी सिनर्जीसँगको लाभकर विवाद 
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको कम्पनी सिनर्जी नेपालले एनसेलको लाभकर छलेको आरोप सम्बन्धमा ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि सुरु भएको विवादसमबन्धी मुद्दा २०७४ सालदेखि सर्वोच्चमा विचाराधीन छ। सिनर्जीले २०७४ असोज २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। एनसेल कम्पनीकै कर छली सम्बन्धी विवादमा यो पहिलो रिट थियो। 

२०६८ चैत ०७ मा महतोले सिनर्जी कम्पनीमार्फत कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले नयाँ कर निर्धारण गरेपछि सिनर्जीले २०७४ असोज २ मा रिट दर्ता गरेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले असोज ४ मा निवेदनको टुंगो नलागेसम्म कर निर्धारण गर्ने कार्य नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको थियो। 

सर्वोच्चको उक्त आदेशपछि २० अर्ब लाभकर गुमेको दाबी ठूला करदाता कार्यालयले गर्दै सर्वोच्चमा जवाफ पठाएको थियो। ठूला करदाता कार्यालयले आफ्नो नाममा रहेको सेयर निरजगोविन्द श्रेष्ठलाई बिक्री गर्दासम्मको लाभकर आयकर ऐन, ०५८ को दफा १९ बमोजिम स्वयं कर निर्धारण गर्न पाउने अधिकारलाई प्रयोग गर्दा २ लाख कित्ता सेयरमा बिक्री भएको दाबी गरेको थियो। 

२. निरजगोविन्द श्रेष्ठ सुनिभेरा क्यापिटल भेन्चर्सको कर विवाद 
दोस्रो मुद्दा केही दिनमा दर्ता भयो। असोज २२ गते सर्वोच्चमा दोस्रो मुद्दा दायर भयो। निरजगोविन्द श्रेष्ठका तर्फबाट सर्वोच्चमा रिट दर्ता भयो र एनसेलको सेयर बिक्रीमा श्रेष्ठसँग निर्धारण भएको कर तत्काल असुल नगर्न कात्तिक ५ गते अन्तरिम आदेश जारी भयो। तत्कालीन न्यायाधीशद्वय ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ठूला करदाता कार्यालय हरिहर भवनको नाममा अन्तरिम आदेश जारी गरेको थियो। उक्त मुद्दा पनि ६ वर्षदेखि विचाराधीन छ। महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको बेरुजुमा ब्याज र हर्जाना जोड्दा श्रेष्ठको दायित्व ६ अर्ब १५ करोड रुपैयाँ हुने भनिएको थियो।  

३. महालेखाको बेरुजु विवाद 
महालेखाले देखाएको बेरुजु विवादमा एनसेलले दायर गरेको रिट पनि सर्वोच्चमा विचाराधीन छ। सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, महालेखा परीक्षक र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै २०७५ कात्तिक १४ गते एनसेलको तर्फबाट रमेश घिमिरेले रिट निवेदन दायर गरेका थिए। उक्त रिट अझै पनि सर्वोच्चमा विचाराधीन छ।

दूरसञ्चार नियमावलीअनुसार वार्षिक कुल आम्दानीको ४ प्रतिशत प्रत्येक आर्थिक वर्षमा रोयल्टीको रुपमा बुझाउनुपर्ने नियम पालना नगरेको र नियमअनुसार बुझाउनुपर्ने रकम समेत नबुझाएको दाबी गर्दै महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बेरुजु देखाउँदै आएको थियो। 

त्यस्तै रेडियो फ्रिक्वेन्सी दस्तुर समेत बुझाउनुपर्नेमा नबुझाएको भन्दै महालेखाले एनसेलमा बेरुजु देखाएको थियो। महालेखाको उक्त बेरुजुपछि दूरसञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले २०७५ असार २२ गते रकम चुक्ता गर्न पत्र लेखेको थियो।

एनसेलले २०७५ साउन ११ गते आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ को रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र थप केही रकम सूचना तथा सञ्चार मन्त्रालयमा धरौटी राखेको थियो।  

एनसेलले २०७२/०७३ को रोयल्टी शीर्षकमा ५ लाख ६१ हजार १ सय ९४, फ्रिक्वेन्सी दस्तुरस्वरुप ६१ लाख ७१ हजार १ सय १, आर्थिक वर्ष २०७३/०७४ न्यूनतम फ्रिक्वेन्सी र थप दस्तुर शीर्षकमा ९१ लाख ४१ हजार १ सय ५५ रुपैयाँ बुझाएको थियो। 

कुल १ करोड ५८ लाख ७३ हजार ४ सय ५० रुपैयाँ जम्मा गर्दा पनि आफूलाई बेरुजुको सूचीमा कायमै राखेको भन्दै एनसेलले उक्त कार्य गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा निवेदन गरेको छ।  

उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले २०७५ कात्तिक १६ गते अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। 

एनसेलले विदेशी विनियम कारोबारमा समस्या भएको भन्दै अन्तरिम आदेश नहुँदा अपूरणीय क्षति हुने दाबी गरेको थियो। तर सर्वोच्चले यो विवादमा फैसला गरेको छैन। पछिल्लो पटक उक्त मुद्दा हेर्न नभ्याइने भन्दै स्थगित हुँदै आएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी ग... मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बज... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्