काठमाडौं– पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत ‘पार्यौं बन्धकी’ बजारमा आएको छ।
स्व शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको ‘सलल बग्यो गण्डकी’ बोलको दोहोरी गीत ‘लिरिकल भिडियो’ बजारमा आएको हो।
गीतमा सदाबहार लोक दोहोरी गायक राजु परियार, शेरबहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर रहेको छ। लोकप्रिय एरेन्जर बिनोद बाजुरालीले एरेन्ज गरेको यो गीतको शब्द/संगीत गीतकार श्रीराम पौडेल ‘निर्दोष’ले गरेका हुन्।
१५ वर्ष अगाडि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीत विन्ध्यबासिनी म्युजिक प्रालि मार्फत् डिजिटल प्लेटफर्ममा आएको हो। पौडेलले धेरै वर्ष अगाडि प्रस्तुत यो गीत आफ्नो सहयात्री स्वर्गिय गुरुङप्रति समर्पित गरेको बताए।
गीतमा, ‘तिम्ले धोका दियौ नि सानी, मेरो लासको मनाउनु बिहानी’, ’मेटियो नी मायाको रेखी, तिमी आफैं तर्कियौ म देखि’ जस्ता मर्मस्पर्शी शब्द रहेका छन्।
पत्रकार पौडेल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको रुपमा कार्यरत छन्।
हेर्नुस् भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।