काठमाडौं– सूर्यज्योति लाइफले कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा यही जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म नवीकरण गराउँदा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो।
कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न बाँकी रही हालसम्म व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।