काठमाडौं- नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले स्वघोषित रुपमा माध्यमिक विद्यालय चलाउन दिने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन्। बिहीबार संसद्मा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै सांसद गुरुङले बजेटमा शिक्षालाई बेवास्ता गरिएको बताए।
उनले भने, ‘बसाइसराइका कारण विद्यार्थी अभावमा गाउँका विद्यालय मर्ज हुँदै गइरहेका छन्। कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा जम्मा ८०/९० जना विद्यार्थी छन्। हामी के गर्न सक्छौं? बुढानीलकण्ठ, जेभियर जस्तो बनाएर यो समस्या समाधान गर्न सक्छौं।’
उनले भूगोलका आधारमा व्यवस्थापन समितिलाई मनपरी चलाउन दिएर स्वघोषित रुपमा माध्यमिक विद्यालय चलाउन दिने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले निश्चित मापदण्ड बनाएर माध्यमिक विद्यालयलाई स्वीकृत दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।