काठमाडौं– नेपाल मैदा उद्योग संघको दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा कुमुद कुमार दुगड निर्बिरोध चयन भएका छन्।
सोमबार २३ औं वार्षिक साधारण सभा–अधिवेशनले उनलाई अध्यक्ष पदमा चयन गरेको हो।
सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानी, महासचिवमा राधेश्याम अग्रवाल, सचिवमा आनन्द ओझा, सचिवमा धिरज गोल्छा, सचिवमा सँजय अग्रवाल र कोषाध्यक्षमा बिनोद कुमार अग्रवाल लगायत का.स. सदस्यसहित १७ जनाको नयाँ कार्य समिति सर्बसम्मत चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।