काठमाडौं– स्रोत नखुलेको भारतीय रुपैयाँ (भारु) नोटसहित कपिलवस्तु प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ घर भएका २२ वर्षीय राजकुमार पुन मगर छन्।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेका पुन मगरलाई चेकजाँच गर्दा प्रहरीले भारतीय रुपैयाँ ५०० र २०० दरका नोट फेला पारेको थियो।
उनको साथबाट ५०० दरका ७४९ थान र २०० दरका १०० थान गरी ४ लाख १७ हजार भारु बराबरका नोट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।