काठमाडौं– धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–६ धर्मस्थली सानोबाईपासस्थित सडकमा बा२ख ८४१३ नम्बरको बसको ठक्करबाट १७ वर्षीय लप्सन राईको मृत्यु भएको हो।
खोटाङ बराहपोखरी गाउँपालिका–४ घर भई तारकेश्वर फुटुङ्ग बस्दै आएका राईलाई मंगलबार बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका किशोरलाई उपचारका लागि ग्रिनसिटी अस्पताल बसुन्धरा पठाइएको थियो।
उनको उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।