काठमाडौं– दुबईमा बाइक राइडरको काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१० घर भइ काठमाडौं बुढानिलकण्ठ बस्ने ४५ वर्षीया मुनादेवी कार्की छिन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकी कार्कीलाई कारबाही लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
उनले उमेश श्रेष्ठ नाम गरेका व्यक्तिलाई दुबईमा बाइक राइडरको काम लगाइदिन्छु भन्दै साढे ४ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।