काठमाडौं– वैदेशिक रोजगारीमा कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ४६ वर्षीय शेरबहादुर तामाङलाई पक्राउ गरेको हो।
काठमाडौंको स्वयम्भू बस्दै आएका तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। होटलमा काम लगाइदिन्छु मासिक साढे १ लाख कमाइ हुन्छ भन्दै उनले ठगी गरेका थिए।
पक्राउ परेका तामाङलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।