काठमाडौं– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष मियाँलाई पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडाध्यक्ष मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस पत्र दिने प्रयोजनका लागि घुस मागेका थिए।
पूर्वसूचनाको आधारमा खटिएको अख्तियारको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा रंगहात पक्राउ गरेको प्रवक्ता दाहालले जानकारी दिए। पक्राउ परेका वडाध्यक्ष मियाँमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।