योगेश भट्टराई (फाइल तस्बिर)
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले बजेट निर्माण गर्ने क्रममा संसदको निगरानी बढाउनुपर्ने बताएका छन्।
राजस्वका दर निर्धारण गर्दा ‘मुसा’ पसेको भन्दै सांसद भट्टराईले संसद्को निगरानी आवश्यक रहेको औंल्याएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले उक्त प्रस्ताव गरेका हुन्।
‘अघिल्लो वर्ष पनि बजेटमा मुसा पस्यो। यो वर्ष पनि आशंका भयो। म यसको निम्ति समाधान के भन्छु भने अब राजस्वका दर निर्धारण गर्दा त्यो कमिटीमा संसदको लेखा समिति र अर्थ समितिका सभापतिलाई पनि राख्नुहोस्,’ सांसद भट्टराईले भने, ‘त्यसो हुँदा संसद्को निगरानी पनि बढ्छ र यो समस्या पनि हल हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।