काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार ४ खेल हुँदैछन्। जसमध्ये दुई खेल दशरथ रंगशाला र एक च्यासल तथा एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र थ्रि स्टार क्लवबीच खेल हुनेछ भने साँझ ६ बजे रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ।
त्यस्तै च्यासलमा दिउँसो ३ बजे हुने खेलमा एफसी खुमलटार र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।