काठमाडौं- सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। सोमबार पुँजीबजारमा १७.३८ अंकको गिरावट आउँदा नेप्से परिसूचक १९०१.९९ अंक कायम भएको छ।
आइतबार उच्च अङ्कले बढेको सेयर बजार सोमबार उक्त कायम रहन सकेन। तर कारोबार रकम भने पछिल्लो दिनको भन्दा बढेको छ। सोमबार १ अर्ब ९७ करोडमाथिको कारोबार भएको छ।
यस्तै, १६६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ४६ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै, ८ कम्पनीको भने मूल्य स्थिर रहेको छ।
सोमबार रिभर फल्स पावर लिमिटेडको मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो। ग्लोबल आईएमई ब्यालेन्स फण्ड, गोरखा फाइनान्स, बीपीडब्ल्यूको लघुवित्तको मूल्य पनि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।