नयाँ दिल्ली– महाभारतमा शकुनी मामाको भूमिका निभाउने चर्चित अभिनेता गुफी पेन्टलको निधन भएको छ।
गुफी पेन्टालको ७८ वर्षको उमेरमा निधन भएको हो। उनका भतिजा हितेन पेन्टलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएका छन्। गुफी पेन्टलका मूल सरबजीत सिंह पेन्टाल थिए।
उनको जन्म अक्टोबर ४, १९४४ मा तर्नतारन, पञ्जाबमा भएको थियो। उनी बलिउडका चर्चित अभिनेता पेन्टलका दाजु हुन्। उनी पेशाले इन्जिनियर थिए। उनी सन् १९६९ मा मुम्बई आएका थिए र प्रारम्भिक दिनमा मोडलिङमा हात हालेका थिए।
उनले सहायक निर्देशकको रुपमा पनि काम गरेका थिए। तर बीआर चोपडाको सिरियल महाभारतले उनलाई घर-घरमा लोकप्रिय बनायो। महाभारतमा उनले दुर्योधनका मामा शकुनीको भूमिका निभाएका थिए।
फिल्मका अलावा उनी धेरै टिभी सिरियलमा पनि देखिएका थिए।
महाभारत बाहेक गुफी पन्तललाई कानून, ओम नमः शिवाय, सीआईडी, मिसेस कौशिकका पाँच बुहारी, कर्मफल दाता शनि र राधाकृष्ण जस्ता सिरियलहरूमा देखाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।