काठमाडौं– एफए कपको उपाधी म्यानचेस्टर सिटीले जितेको छ। म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै सिटीले उपाधी उचाल्यो।
नेपाली समयअनुसार शनिबार राति पौन ८ बजे लण्डनस्थित बेम्बेली रंगशालामा भएको खेलको खेलमा सिटी सुरुवातीदेखिन नै आक्रमक देखियो। खेल सुरु भएको १२ औं सेकन्डमै केभीन डी बु्रयनाको पासमा गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
३३औं मिनेटमा ग्रिलिसले डिबक्सभित्र ह्याण्ड गरेपछि भारमार्फत् युनाइटेडले पेनाल्टी पाएको थियो। ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि खेल १–१ को बराबरीमा फर्कियो। पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा गुन्डोगनले नै गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाएका थिए।
५१औं मिनेटमा डी ब्रुयनाकै पासमा पुन गुन्डोगनले दोस्रो गोल गरेका थिए। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि सिटीले २–१ गोल अन्तरले युनाइटेडलाई हराउँदै उपाधी उचाल्यो।
गुन्डोगनले १२औं सकेन्डमा गरेको गोल एफए कपको फाइनल खेलको इतिहासमै सबैभन्दा छिटो गोल हो। यसअघि २००९ मा चेस्लीविरुद्ध एभर्टनका लुइस साहाले २५ सेकेन्डमा गोल गर्दै एफए कपको फाइनलमा सबैभन्दा छिटो गोलको इतिहास बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।