• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीन दलबीच सहमति, संसदीय गरिमामा प्रहार !

64x64
किशोर दहाल आइतबार, जेठ १४, २०८०  १२:३७
1140x725
शनिबार सिंहदरबारमा बसेको प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक

काठमाडौं- शुक्रबार एमालेका कारण अवरुद्ध भएर २० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा शनिबार बेलुका मात्रै बस्न सक्यो। शुक्रबार दुई पटक बैठक बस्ने समय तोकिए पनि बैठक बस्न सकेन। सभा अवरोध र पुनः बस्न भएको कठिनाइका कारण थियो, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गरेको सम्बोधन।

दाहालले जेठ १० गतेको बैठकमा दाहालले भनेका थिए, '… उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दाखेर कति भ्रष्टाचारका काण्डहरु आए? यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरु हजारौँ, सयौँ यस्ता भ्रष्टाचारका काण्डहरु छन्।…'

दाहालको त्यस किसिमको अभिव्यक्तिले एमालेपंक्ति आक्रोशित भयो। जेठ १२ गतेको बैठकमा उसका सांसदहरुले असन्तुष्टि र आक्रोश मात्रै व्यक्त गरेनन्, वेल पनि घेराउ गरे। नाराबाजी गरे। यसअघि पनि सदनमा घोचपेच र आरोप-प्रत्यारोप हुने गरेका थिए। जसप्रति सामान्यतया सम्बन्धित दलको तर्फबाट नियमापत्ति गर्ने वा असन्तुष्टि व्यक्त हुने गर्थ्यो। र, सभामुखले त्यस्ता अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिने गर्थे। त्यसपछि सदन सञ्चालन हुन्थ्यो।

यसपटक भने असन्तुष्टि अलि चर्कै थियो। उसले सम्बन्धित विषयको छिनोफानो भएपछि मात्रै सदन अघि बढ्ने सन्देश दियो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनैपर्ने र बजेटमा पनि सहयोग लिनुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सम्झौतामा पुगे। तर यो सम्झौताले संसद्को गरिमामाथि प्रहार गरेको भनेर अहिले आलोचना भइरहेको छ।

सहमति: सदनबाहिरबाट बलमिच्याइँ
शनिबार बिहान बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले सदन खुलाउनका निम्ति मध्यामार्गी बाटो तय गरेको थियो। प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै लेखनाथ दाहालले इंगित गरेको भ्रष्टाचारमा ओलिको संलग्नता नरहेको प्रष्ट्याउने, सभामुखले पनि उनको अभिव्यक्ति-अंशलाई रेकर्डबाट हटाउने र एमालेले अवरोध नगर्ने सहमति गर्यो्। बैठकमा ती दलका प्रमुख सचेतकहरु पनि सहभागी थिए।

'एउटा जलहरीको सम्बन्धमा जे खालको अभिव्यक्ति आयो, त्यो तथ्यहीन, आधारहीन र झुटो कुरा भएको हुनाले त्यसलाई रेकर्डबाट हटाउने कुरामा नेताहरुबीच सहमति भएको छ। अर्कोचाहिँ, दुई अर्बको विषय पनि माननीयले ल्याउनुभएको थियो। त्यो कुरा पनि अत्यन्तै निराधार भएको हुनाले त्यो विषयलाई पनि रेकर्डबाट हटाउने नेताहरुबीच सहमति भएको छ', बैठकपछि एमालेमा प्रमुख सचेतक पदम गिरीले भने।

सदनमा सांसद दाहालले जुन विषय उठाएका थिए, त्यस किसिमको आशंका केही वर्षयता आमरुपमै हुँदै आएको छ। तर, उनले दाबी गरेको जस्तै परिणाम वा प्रक्रियामा भ्रष्टाचार भएको हो कि होइन अन्यौल भने छ। यद्यपि, विभिन्न अध्ययन र प्रतिवेदनले गडबडीका संकेत गर्छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फरकफरक कोणबाट सार्वजनिक रुपमै पनि यस विषयमा प्रश्न उठ्ने गरेका छन्। उनले भने अस्वीकार गर्ने गरेका छन्।

तर तीन दलको बैठकले सहमति गरेर त्यस्ता विषयमा भ्रष्टाचार नभएको निर्क्यौल निकालेका छन्। सदनभित्र उठेको विषयलाई निष्तेज गर्ने गरी प्रधानमन्त्री कार्यालयमा सहमति मात्रै गरेनन्, सभामुखलाई समेत निर्देशित गरे। यस विषयमा छानबिन गरिरहेको निकायलाई पनि स्पष्ट र अप्रत्यक्ष सन्देश दिए।

nimb
nimb
Ncell 2
Ncell 2

शनिबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरीको काम गर्ने निकाय पशुपति विकास कोषको भएको र त्यसका केही विषयमा अख्तियारमा निवेदन परी छानबिन भइरहेको भन्दै उसले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बताए। उनले जलहरी सम्बन्धी विषय प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताए। यस्ता विषय संसद्‌को रेकर्डबाट हटाउने प्रचलन पनि रहेको पनि स्मरण गराए। सोही अनुसार सभामुख देवराज घिमिरेले दुई अर्ब भ्रष्टाचार र सुन भनेर पित्तलसँग सम्बन्धित प्रसंग संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

दलहरुले गरेको यस किसिमको सहमतिमा दलहरुमा आफूहरुले जे गरे पनि हुने सोचले काम गरेको राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलको भनाइ छ। 'जुन कारणले सदनमा विषय उठ्यो, त्यसलाई संसदीय प्रक्रियाबाटै एउटा टुंगोमा पुर्‍याउनुपर्ने थियो। संसद्‌मा उठ्ने गतिरोधलाई टुंगो लगाउन त कार्यव्यवस्था परामर्श समिति छ। त्यसमा सबै पार्टीका प्रतिनिधि बस्छन्। पार्टीका नेतृत्वले उनीहरुलाई मार्गदर्शन गर्न सक्छन्। जानुपर्ने त त्यहाँबाट थियो', उनी भन्छन्, 'कहीँ न कहीँ हामीले जे गर्यो, त्यही हुन्छ भन्ने बलमिच्याइँ राजनीतिक दलहरुमा देखिन्छ।'

यो पनि पढ्नुहोस

ओली : ‘दागी’ का दाहिना

संसदीय गरिमामा प्रहार
सदनको नेता सभामुख हो। प्रतिनिधि सभा नियमावलीमा परेका कतिपय संशोधन प्रस्तावले उनको अधिकार खुम्च्याउने र सभामुखलाई नियन्त्रित गर्ने भन्दै एमाले स्वयंले विरोध जनाएको थियो। जसका कारण त्यस्ता संशोधन प्रस्ताव अगाडि बढाइएनन्। तर, केही समयपछि एमाले समेतको सहभागितामा सभामुखलाई निर्देशित गर्ने र तीन दलको सहमति मान्न बाध्य पार्ने ढंगको काम गरिएको छ। यस्ता सहमति गर्ने र त्यसलाई सभामुखबाट अनुमोदन गराउने कामले संसदीय प्रक्रिया र यसको गरिमामा प्रहार गरेको भन्दै चिन्ता व्यक्त भएका छन्। 

यस्तो हुनुमा देवराज घिमिरेलाई सभामुख बनाउने ओलीको प्रयत्नसँग पनि जोडेर व्याख्या गर्छन्, पोखरेल। 'यस्तो मान्छेलाई सभामुख बनाइयो, उनलाई संसदीय अभ्यासका धेरै जानकारी छैन। एक हिसाबले भन्ने हो भने उनलाई त पकेटबाट झिकेर सभामुख बनाइएको हो नि। लामो संसदीय अभ्यास भएका अन्य नेता पनि सभामुखका आकांक्षी थिए। तर ओलीजीले अरुलाई बन्न नदिएर घिमिरेलाई बनाए। उनमा सभामुख हुने राजनीतिक उचाइ, कद नै छैन।'

पूर्व सभामुख दमनाथ ढुंगाना संसद्‌बाहिर गरिएको सहमतिलाई गलत अभ्यासको रुपमा व्याख्या गर्छन्। उनको प्रश्न छ, 'संसदमा बोलेका कुरा रेकर्डबाट हटाएर सदन खुलाउने सम्झौता गलत हो। सत्ता पक्ष र प्रतिपक्ष दुवैका प्रमुख कम्युनिस्ट पार्टीका नेता भएकैले यस्तो सम्झौता सम्भव भएको हो त? सम्झौता हुँदा कहाँ थियो नेपाली कांग्रेस? मस्त निदाएको  त थिएन?'

सभामुखलाई समेत बेवास्ता गरेर सत्ताधारी र प्रतिपक्ष दलका नेताहरुले बाहिरैबाट प्रतिनिधि सभालाई 'कब्जामा' लिने विषयमा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले समेत प्रश्न उठाएका छन्। सार्वभौम अधिकार सीमित दलका नेतृत्वमा पुगेको हो? भन्दै प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'संसद्‌को अधिकार सीमित दलका नेताले नै उनीहरुको स्वार्थ अनुकूल प्रयोग गर्ने हो भने संसदको औचित्य के रह्यो? देशको सार्वभौमसत्ता अधिकार संसद्‌मा कि सीमित दलका नेतृत्वमा हो?'

यो लगायत संसद्लाई कमजोर बनाउने अन्य विषयमा गम्भीर बहस गर्नुपर्ने उनको भनाइ छ। सशक्त संसद् लोकतन्त्रको प्रमुख आधार रहेको उनले स्मरण गराएका छन्।

नेपाली कांग्रेसका नेता एवं सांसद डा शेखर कोइरालाले पनि उक्त सहमतिलाई 'बिडम्बना' भनेका छन्। उनले भनेका छन्,  'संसद्‌मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद्‌ सचिवालयले सोही अनुरुप कार्य गर्ने। सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र?'

उनले संसद्को गरिमा यसले घटाउने भन्दै प्रश्न गरेका छन्, 'हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं। के हाम्रो संसद्‌ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो?'

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बाहिर निर्णय गरेर त्यसलाई सुनाइने संसद्‌मा आफूहरुले प्रतिनिधित्व गर्न नखोजेको बताए। आइतबार संघीय संसद्को संयुक्त बैठकमा बोल्दै उनले भने, 'संसद्‌भित्रको कुरामा बाहिर सिंहदरबारमा सहमति हुन्छ। यहाँ रेकर्डबाट हटाइन्छ। हामीले त्यस्तो संसद्को प्रतिनिधित्व गर्न खोजेको होइन। जनताले पनि खोजेको होइन। जनताले सही प्रतिनिधित्व खोजेको हो। जे कुरा संसद्‌मा उठ्छ, त्यसको जवाफ, छिनोफानो यही संसद्‌मा हुनुपर्छ। मिटिङ गर्नुथियो भने यहीँ (संसद्‌मा) गरेर टुंग्याइनुपर्थ्यो।'

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:३७
  • #संसद्‍

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्