काठमाडौं– अभिनेत्री अदिती बुढाथोकी यतिबेला भारतमा म्युजिक भिडियोसँगै वेव सिरिजहरूमा व्यस्त छिन्।
म्युजिक वेव सिरिज सिजन–१ मा अदितीले मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छन्। नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेव सिरिज’मा अदितीले सिजन १ देखी सिजन ३ सम्म कामगर्ने भएकी छन्।
अमेजन प्राइमबाट रिलिज हुने वेव सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान छन्। अदिती अहिले यही वेव सिरिजको सुटिङमा ब्यस्त भइरहेकी छन्।
यता नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तीव्र रुपमा भइरहेको छ। ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन्।
सो अनटाइटल चलचित्रमा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै कलाकारहरू धिरज र अदिति फाइनल भएका थिए। अनटाइटल चलचित्रको घोषणा पनि धीरज र अदितीकै क्रेजलाई लिएर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।