काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।