काठमाडौं–गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ।पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो।
अस्ट्रेलियामा रहेपनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा 'जानु पर्यो नि म त लाहुर' सार्वजनिक गरेका थिए।
उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन्। विगतमा गरेका २ सोलो एल्बम 'शीतल', 'अराइज' हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ”उडान” पनि २ वर्ष अगाडि रिलिज गरेका थिए।
‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।