काठमाडौं- एमालेले अवरुद्ध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको शुक्रबारको बैठक साँझ ६ बजे बस्ने भएको छ।
बिहान ११ बजे बस्ने भनेको बैठक ढिलो गरि सुरु भएको थियो। बैठक सुरु हुने वित्तिकै एमालेले माओवादी सांसदले पशुपतिनाथ मन्दिरको जलहरीमा एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गरेको भन्ने लगाएको आरोपका विरुद्ध नाराबाजी गरेपछि सभामुखले २० मिनेटका लागि स्थगित गरेका थिए।
माओवादीको सांसद लेखनाथ दाहालले जेठ १० गतेको प्रतिनिधि सभामा ओलीले सुनको भनेर पित्तलको जलहरी लगाएको आरोप लगाएका थिए।
एमालेले उक्त अभिव्यक्ति फिर्ता लिन भन्दै संसद अवरुद्ध गरेका थिए। त्यसपछि सूचना टाँसेर ३ बजे बस्ने भनेको बैठक फेरि सूचना निकालेर ६ बजे बस्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।