काठमाडौं- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलममै मृत्यु भएको छ।
सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट सदरमुकाम खलंगा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
जीप बिहान ७:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार कार्य भइरहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।