काठमाडौं– रक ‘एन’ रोलकी ‘रानी’ का रुपमा चिनिने चर्चित गायिका टीना टर्नरको निधन भएको छ। अमेरिकामा जन्मिएकी टर्नरको ८३ वर्षको उमेरमा निधन भएको हो।
स्विट्जरल्याण्डको ज्यूरिच शहर नजिकको आफ्नो घरमा टिनाले अन्तिम श्वास लिएको उनका प्रतिनिधिले बताएका छन्। टर्नर विगत केही समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन्।
क्यान्सर, स्ट्रोक र मिर्गौलाको समस्या कारण उनी पछिल्लो समय घरमा नै सीमित भएकी थिइन्। उनलाई सर्वकालीन महान रेकर्डिङ कलाकारमध्ये एक मानिन्छ।
टर्नरले आफ्नो करिअरको सुरुवात पछिल्लो सताब्दीको छैटौं दशकतिर सुरु गरेकी थिइन्। यो रक ‘एन’ रोलको सुरुवाती समय थियो।
‘व्हाट्स लव गट टु डु विथ इट?’ उनको सबैभन्दा चर्चित गीत हो। जसमा उनले प्रेमलाई ‘सेकेन्डह्यान्ड इमोशन’को संज्ञा दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।