काठमाडौं– इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनल खेलमा फियोरेन्टिनामाथि २–१ को जित निकाल्दै इन्टर कोपा इटालियाको च्याम्पियन बनेको हो।
एक गोलले पछि परेको स्थिति उल्ट्याएर इन्टरले लगातार दोस्रोपटक कोपा इटालियाको उपाधि हात पारेको हो। सन् २०२१–२२ को सिजनमा इन्टरले युभेन्ट्सलाई पराजित गर्दै उपाधि जितेको थियो। इन्टर समग्रमा नवौंपटक च्याम्पियन बन्न सफल भयो।
बुधबार राति भएको खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। २९औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको ३७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-१ को जित दिलाउँदै च्याम्पियन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।