• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नसच्चिने नीति कार्यक्रममाथि संसद्‌मा सांसदहरुको ‘समय बर्बाद’!

64x64
ईश्वर बराल बुधबार, जेठ १०, २०८०  २१:१२
1140x725

काठमाडौं– कमा र फुलस्टप पनि परिवर्तन नहुने नीति तथा कार्यक्रममाथि किन भइरहेको छ संसद्‌मा छलफल? यसको सहज उत्तर छ ‘समय बर्बादी’। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रतिनिधि सभामा सांसदहरु आइतबारबाट अद्यापी छलफलमा सहभागी भइरहेका छन्। दैनिक ७ घण्टामाथि हुने छलफलमा सांसदहरु ‘जोडतोड’ले सुझाव दिइरहेका छन्। तर, छलफलमा सहभागी सांसदहरु नै यो छलफलबाट आएका सुझाव प्रस्तुत दस्तावेजमा समावेश हुन्न भनेर ढुक्क छन्। 

यसो भन्नेमा कुनै समयमा सरकारका उपप्रधानमन्त्रीहरु र मन्त्री भइसकेका सांसदहरु नै रहेका छन्। उनीहरुको सवाल बजेट निर्माण प्रक्रिया पूरा भइसकेकोले यस्तो छलफलको औचित्य नरहेको भन्ने छ। यसो भन्दै गर्दा सांसदहरु बजेट निर्माण चरणलाई कार्यातलिका बनाएर कम्तिमा मंसिरबाट सुरु गर्न र सांसदहरुले उठाएका सवालहरुलाई कार्यक्रम र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिइरहेका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमै छलफलमा सहभागी जनाएका कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले बजेट निर्माण भइ लक भएर छाप्न मात्र बाँकी रहेकोले छलफलको अर्थ नरहेको बताए।

‘हामी नीति कार्यक्रममा छलफल गरिरहँदा कसरी गरिरहेका छौं भने यसमा छलफल गरिसकेपछि यसको आधारमा बजेट बन्छ। बजेट त लक भइसक्यो। त्यो त छाप्न मात्रै बाँकी छ। अब संसद्‌‌मा भएको छलफललाई कसले ग्रहण गर्ने हो? यसको अर्थ के हुने हो?,’ सांसद थापाले प्रश्न गरे। 

उनले यो परम्परा बनेकोले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। ‘यो कुरा अहिलेको सरकारको कुरामा मात्रै गरेको होइन। हामी यस्तै गरिरहेका छौं,’ सांसद थापाले भने। सांसद थापाले यो पद्धतिलाई अर्को वर्ष परिवर्तन गर्न सरकारलाई सुझाव दिए। अन्यथा, यस्तै रहेमा छलफलमा सहभागी नहुन सांसदहरुलाई आह्वानसमेत गरे। सरकार र सांसदहरुको समयको ‘बर्बादी’ हुने भएकोले सांसद थापाले यो परम्परा तोड्नुपर्नेमा जोड दिए। 

‘यो वर्ष यसरी नै आयो यसलाई यसरी नै लिऔं। तर अर्को वर्ष पनि नीति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि यसरी नै छलफल गर्ने हो भने मैले अरु माननीयज्यूहरुसँग पनि आग्रह गर्छु, त्यस्तो बजेटको सिद्धान्त र प्राथमिकताहरुको छलफलमा भाग नलिउँ,’ सांसद थापाले भने,‘यसले सरकारको समय बर्बादी हुन्छ। र हाम्रो पनि समय बर्बादी हुन्छ।’

सांसद थापाले आफूले अहिलेको सरकारलाई गरिनस् नभनेको तर गरौं भनेको उल्लेख गरे। यो परिस्थिति बदल्न आवश्यक कानुन बदल्नुपर्नेमा  सांसद थापाले आग्रह गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘मैले सरकारलाई यो गरिनस् भनेको होइन, यो गरौं भनेको हो। यसका लागि केही कानुनहरु बदल्नुपर्ने छ कानुनहरु बदलौं,’ सांसद थापाले भने,‘यो ल्याउने समय बदल्नपर्‍यो र ल्याउने तरिका पनि बदल्नुपर्‍यो। र यसभित्र हुने अन्तरवस्तु पनि बदल्नुपर्‍यो।’

त्यस्तै, एमाले सांसद गोकर्ण विष्टले संसदीय प्रणालीको परम्पराको रुपमा रहेको यो अभ्यासलाई बदल्नुपर्नेमा जोड दिए। छलफलमा आएका सुझावलाई समावेश गर्न नसक्ने तरिकाले देशमा देखिएका तमाम समस्याको सम्बोधन नहुने सांसद विष्टको भनाइ छ। 

‘सांसदरुहको रचनात्मक सुझावलाई आत्मसाथ गर्ने, समृद्ध बनाउने कुरालाई ध्यान दिन सकिएन भने केबल हाम्रो संसदीय परम्परामार्फत् हुन्छ भन्नेले हुन्छ भन्नु होस्। हुन्न भन्नेले हुन्न भन्नुहोस् भन्ने अभ्यासले आजको गम्भीरता र चुनौतीलाई सम्बोधन गर्न सक्दैन,’ सांसद विष्टले भने। 

यस्तै, माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले व्यवस्थामा नयाँ भए पनि यस्ता प्रक्रियाहरु पुरानै रहेकोले यो संसदीय परम्परा सुधार्नुपर्नेमा जोड दिएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सुझावहरु समावेश हुन नसक्ने अवस्थामा किन छलफल भयो भन्ने उनको तर्क थियो। 

‘संघीय गणतन्त्रको अभ्यासमा हामी नयाँ प्रक्रियामा प्रवेश गरेका छौं। छलफलको तौर–तरिका पुरानै तरिकाले अघि बढिरहेको महशुस भएको छ। हाम्रो छलफलको प्रक्रियाहरु, नीति तथा कार्यक्रमको छलफल पछाडी अपनाइने विधिहरु पुरानै तरिकाका छन्,’ सांसद घर्तीले दुखेसो पोख्दै भने,‘हामीले छलफल गरिरहँदा हाम्रा सुझावहरुलाई समाहित गरेर परिमार्जन गर्नुपर्ने ठाउँ काँही पनि छैन।’ उनी यो परम्परा तोड्नुपर्ने पक्षमा छन्।

‘हामीले बजेट असारमा पास गर्छौं अनि कार्यान्वयन प्रक्रिया अहिले वैशाखमा आएर सुरु हुन्छ। हतार–हतारमा प्राविधिकहरु गएर मिलाइदिनु हुन्छ। अनि हामी सुशासनका कुरा गर्छौं,’ उनले जोड गर्दै भने,‘त्यसैले पुरानो संसदीय परम्परामा हामीले सुधार गर्नुपर्छ। अनि मात्र सुशासन प्रत्याभूत हुन्छ।’

यस्तै, रास्वपा सभापति तथा सांसद रवि लामिछानेले छलफलमा उठेका विषय नसमेटिने भए यो वक्तृत्वकला प्रतियोगिता भन्नुपर्ने भनेर व्यङ्ग्य गरे। उनले आफूहरु यस्तो परम्परा परिवर्तन गर्न आएको बताए।

‘नीति तथा कार्यक्रमलाई सच्याउने संसदीय अभ्यास छैन भन्ने कुरा सत्तापक्षीय सांसदहरुले नै भन्नुभएको छ। यो बहसको महत्त्वपूर्ण समयको कुनै अर्थ छैन, मान्यता छैन भने यसलाई २७५ सांसदबीचको वक्तृत्वकला प्रतियोगिता भने हुन्छ,’ सच्चिन जोड गर्दै सांसद लामिछानेले भने,‘नत्र सच्याउनुपर्छ, सच्चिनुपर्छ।’ 

यस्तै, जसपा अध्यक्ष तथा सांसद उपेन्द्र यादवले छलफलबाट केही नहुने भए पनि आफू शास्त्रार्थ गर्न आएको भनेर व्यङ्ग्य गरे। ‘यो सुझावको काम लाग्दैन। किनभने यसमा सुधार हुने पनि होइन। यो आधारमा बजेट बन्ने पनि होइन। यो भनेको उही शास्त्रार्थ गर्ने मात्र हुनु हो। यो शास्त्रार्थमा किन पछि पर्ने भनेर केही भनि हालौं,’ सांसद यादवले आफू पोडियम आउनुपरेको अर्थ खुलाए।

‘सात महिनाअघि बाटै बजेट निर्माण प्रकृया थालौं’
सांसदहरुले आपत्ति मात्र जनाएनन्। सुधारको स्पष्ट चित्र पनि प्रस्तुत गरे। त्यसो गर्नेमध्येका हुन् सांसद गगन थापा। उनले आफ्नो पार्टीका अर्का महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा र आफूले अर्थमन्त्रीलाई कार्यतालिका नै दिएर काम गर्न सुझाव दिएको उल्लेख गरेका छन्। 

‘हामीले अर्थमन्त्रीलाई एउटा कार्यतालिका बनाएर दिएका छौं। चैत्र महिनामा नीति तथा कार्यक्रम यहाँ प्रस्तुत हुनुपर्छ। र वैशाख र जेठको यो महिनालाई बजेट कार्यान्वयनको सन्दर्भमा जति पनि कानुन चाहिने हो त्यो सबै कानुनमा छलफल गरेर पारित गर्ने समयको रुपमा प्रयोग गर्नु पर्छ,’ सांसद थापाले भने,‘जसको कारण संसद्‌बाट बजेट पारित हुँदैगर्दा बजेट मात्र पारित हुँदैन। त्यसको लागि चाहिने कानुन, कार्यविधिहरु पनि पारित भएको अवस्था हुन्छ।’

सांसद थापाले यसअघि बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्ने क्रममा कम्तिमा मंसिरदेखि बजेट निर्माण थाल्नुपर्नेमा जोड दिएका थिए।

गगन थापाको प्रस्तावः बजेट निर्माण प्रक्रिया मंसिरबाटै सुरु गरौं

यस्तै, कांग्रेस सांसद ईश्वरी न्यौपानेले छलफलको यस्तो परम्परा तोडिनुपर्नेमा जोड दिइन्। ‘मंसिरदेखि नै बजेट निर्माण प्रारम्भ गर्नुपर्छ,’ उनले सांसदको भूमिकालाई सुझाउँदै भनिन्, ‘सोही समयदेखि नै सांसदले सक्रियतापूर्वक र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।’

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस... मंगलबार, जेठ १२, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त भ्रमण व्यक्तिगत प्रकृतिको भएको उल्लेख गरे। उनका अनुसार सभापत... सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्। सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ १२, २०८३
आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा मंगलबार, जेठ १२, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्