काठमाडौं– ओटीटी प्लेटफर्म नेटफ्लिक्स विश्वभर मन पराइन्छ।
यसमा चलचित्र र वेब सिरिज हेर्नको लागि साथीहरूसँग आफ्नो पासवर्ड साझा गर्ने गरिन्छ। तर आगामी हप्तामा तपाईंले त्यसो गर्न सक्नुहुने छैन। गत मंगलबार, नेटफ्लिक्सले राजस्व बढाउन नयाँ कदम चालेको छ। जसका कारण नेटफ्लिक्स खाता परिवारले मात्र प्रयोग गर्न सक्नेछन्।
सन् २०२३ को सुरुमा नेटफ्लिक्सले विश्वभरका आफ्ना १० करोडभन्दा बढी प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड सेयर गरेका कारण कम्पनीको राजस्वमा असर परेको बताएको थियो।
यसका कारण अब कम्पनीले केही देशहरूमा खाताको पासवर्ड सेयर गर्ने प्रयोगकर्ताका लागि एउटा योजना ल्याएको छ, जसमा बढी पैसा तिरेर एकभन्दा बढी व्यक्ति थप्न सकिनेछ। यो सय भन्दा बढी देशहरूमा लागू गरिएको छ।
नेटफ्लिक्सले अप्रिलमा सदस्यहरूको संख्या २३२.५ मिलियन पुगेको जनाएको छ। यो घोषणापछि कम्पनीमा कस्तो असर पर्छ, त्यो पनि हेर्न बाँकी छ।
नेटफ्लिक्सबारेकुरा गर्दा, भारत र विदेशका लोकप्रिय चलचित्रहरू र वेब सिरिजहरू ओटीटी प्लेटफर्ममा उपलब्ध छन्, जसमा स्क्वीड गेम्सदेखि द गड डक्टरसम्मका विकल्प छन्। साथै यस प्लेटफर्ममा हरेक महिना धेरै फिल्म र वेब सिरिज रिलिज हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।