काठमाडौँ– वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र 'हल्कारा'ले आयोजना गरेको चिठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा भएका छन्।
प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन्। जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका-०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन्।
चलचित्र टिमले विजेताहरूलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ। यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो।
पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताइएको थियो। सोही अनुरुप नेपालभरबाट पत्रहरू प्राप्त भएका थिए।
यो प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिएता पनि केही प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।