काठमाडौं– अनुपम खेर आफ्नो आगामी फिल्म ‘विजय ६९’ को सेटमा घाइते भएका छन्।
हालै उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो तस्विर शेयर गर्दै यसबारे जानकारी दिएका हुन्।
तस्बिरमा अनुपम कालो र सेतो सर्ट लगाएर मुस्कुराउँदै देखिएका छन्। फोटो सेयर गर्दै उनले सुटिङका क्रममा काँधमा गहिरो चोट लागेको बताए।
अनुपमको यो तस्बिरलाई लिएर धेरै सेलेब्सले प्रतिक्रिया दिएका छन्। फिल्म ‘उँचाई’मा अनुपमकी सह-कलाकार नीना गुप्ताले लेखेकी छन्, ‘ओहो, यो के गर्नुभएको?’
यस महिनाको सुरुमा अनुपमले फिल्मको घोषणा गरेका थिए।
'विजय ६९'मा अनुपमले ट्रायथलनमा भाग लिने ६९ वर्षीय साइकल चालकको भूमिका निर्वाह गरेका छन्। फिल्मलाई अक्षय रोयले निर्देशन गर्दैछन्।
उनले यसअघि आयुष्मान खुराना र परिणीति चोपडा स्टारर फिल्म मेरी प्यारी बिन्दु पनि निर्देशन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।