मुम्बई– रामगोपाल वर्माको फिल्म ‘सत्या’ रिलिज भएपछि रातारात सबैको नजरमा एक अभिनेता छाए।
हामी ‘भिखु म्हात्रे’ अर्थात् मनोज वाजपेयीको कुरा गरिरहेका छौँ। मनोजले आफ्नो दमदार अभिनयले सबैको मनमा डेरा जमाएका थिए। त्यसयता मनोजले हरेक फिल्मबाट ठूलो नाम बनाएका छन्।
‘सत्या’ रिलिजको बेला भने उनी अमिताभ बच्चनको अगाडि लज्जित भएका थिए। हालै एक अन्तर्वार्तामा उनले यसबारे पुरानो किस्सा सेयर गरेका छन्।
मनोज बाजपेयी यतिबेला ‘सिर्फ एक ही बन्द काफी है’ लाई लिएर चर्चामा छन्। हालै लल्लनटापसँगको कुराकानीमा उनले ‘सत्य’को स्क्रिनिङसँग सम्बन्धित एउटा किस्सा सेयर गरेका छन्। मनोजले स्क्रिनिङका क्रममा रामगोपाल वर्माको कारमा मदिरा पिए र त्यसपछि अमिताभ बच्चनलाई भेट्नुपर्दा उनीसँग सिधा आँखाले हेर्न सकेनन्।
मनोजले भने, ‘रामगोपाल सरले ‘सत्या’को स्पेशल स्क्रिनिङ आयोजना गरेका थिए। यसका लागि अमिताभ बच्चन र उनको परिवारलाई विशेष निम्तो दिएका थिए। म बाल्यकालदेखि नै अमिताभको ठूलो प्रशंसक हुँ र उहाँलाई पहिले कहिल्यै देखेको थिइनँ। फिल्मको स्क्रिनिङ सुरु हुँदा रामगोपाल सर बाहिर आए र सेलिब्रेट गरौं भने। उहाँको कारमा सधैं भोड्काको बोतल हुनुथ्यो। फिल्मको अन्त्य हुन लागेको र अमिताभ जुनसुकै बेला स्टुडियोबाट बाहिर आउन सक्छन् भन्ने मैले महसुस गरें। आरजीभी गए र मलाई पनि आउन आग्रह गरे। तर म मातेकोले अस्वीकार गरेँ।’
मनोजले थप भने, ‘त्यहाँ खालिद मोहम्मद पनि थिए, उनले सँगै जाउँ भने र मलाई कारबाट धकेले। के गरुँ बुझ्न नसकेर वाशरूम गएँ। जब म बाहिर आएँ, अभिषेक बच्चनले मलाई भेटे र कुरा गर्न थाले। तब मात्र मलाई कोही मेरो नजिक उभिएको महसुस भयो। मैले त्यो व्यक्तिको छातीतिर हेरेँ तर उसलाई हेर्ने हिम्मत थिएन, मलाई थाहा थियो कि उहाँ अमिताभ हुनुहुन्छ। अमिताभले मलाई के भनेका थिए त्यो मलाई याद छैन, तर जब मैले उहाँलाई अँगालो हाल्न खोजेँ, उहाँले मलाई न्यानो रूपमा अँगालो हाल्नु भयो र म विश्वस्त भएँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।