काठमाडौं– ‘द कश्मीर फाइल्स’का निर्देशक विवेक रञ्जन अग्निहोत्री ट्वीटका कारण फेरि चर्चामा आएका छन्।
यसपटक उनले कान्स फिल्म फेस्टिभलको बारेमा ट्वीट गर्दै त्यहाँ उपस्थित स्टार र महोत्सवको सान्दर्भिकतामाथि प्रश्न उठाएका छन्। यति मात्र होइन, उनले ट्वीटमा कान्स फिल्म फेस्टिभलको मृत्यु भएको बताएका छन्।
उनले अहिले फिल्मको ठाउँ फेसनले लिएको लेखेका छन्। यससँगै उनले कान्स फिल्म फेस्टिभलका बारेमा एउटा पत्रिकाको कटिङ पनि सेयर गरेका छन्।
अग्निहोत्रीले कान्स फिल्म फेस्टिभलबारे ट्वीट गर्दै भनेका छन्, ‘कान्स फिल्म फेस्टिभल मरेको देख्दा निकै दुःख लागेको छ। तिनीहरूमध्ये धेरैजसो अभिनेता पनि छैनन् वा उनीहरूको कुनै पनि फिल्म कान्समा प्रदर्शन भइरहेको छैन। चलचित्रको स्थान फेसनले लिएको छ। अभिनेताको ठाउँ एसएम इन्फ्लुएन्सरले लिएका छन्। चलचित्र पत्रकारिता, तपाईंलाई थाहा छ। र फिल्म निर्माताहरू, कसले उनीहरूको वास्ता गर्छ? ओम शान्ति!'
फिल्म निर्माता विवेक रञ्जन अग्निहोत्रीले दुई दिनअघि कान्स फिल्म फेस्टिभललाई लिएर ट्वीट गरेका थिए। यसमा उनले लेखेका छन्, ‘तपाईंलाई थाहा छ कान्स फिल्म फेस्टिभल फिल्मको बारेमा हो? मैले सोचेँ कि तपाईलाई सम्झाउनु पर्छ, यो केवल एक फेसन शो हो।’
यसरी उनले कान्स फिल्म फेस्टिभललाई गाली गरे।
‘कान्स फिल्म फेस्टिभल०२३’मा भारतमा यसको चर्चा फिल्मभन्दा पनि त्यहाँ उपस्थित सेलिब्रेटीका कारण बढी भयो।
जसकारण उनको पहिरन पनि चर्चामा आएको थियो। यस पटक भारतबाट ऐश्वर्या राय, सारा अली खान, ईशा गुप्ता, विजय वर्मा, मानुषी छिल्लर, मृणाल ठाकुर, उर्वशी रौतेला र सपना चौधरी सहभागी थिए।
उनीहरूको पहिरन र फेसनको निकै चर्चा भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।