काठमाडौं– रचना रिमाल र दीपक मगरको स्वरमा ‘रङ्ग’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा रोहित घिमिरेको शब्द रहेको छ भने सिएल शर्माको रहेको संगीत रहेको छ।
गीतमा दुई प्रेमिल जोडीबिच भएको मायाका कुराकानीलाई देखाइएको छ।
विक्रम चौहानले निर्देशन गरेको भिडियोमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ भने गीतका एरेन्जर हुन् सञ्जिब बराइली।
संगीतकार सिएल शर्माकै युट्युब च्यानलबाट बजारमा आएको गीतमा कलर मिन रावलले गरेका छन्। भिडियोमा गायिका स्वयम रचना र गायक दीपक फिर्चड छन्।
हेर्नुहोस भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।