काठमाडौं– गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ।
गीतमा सुर्यकुमार परियारको शब्द, नवीन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ।
सुनिल क्षेत्री निर्देशित भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् ।
भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको कलर र सम्पादन र टंक कार्की ‘छिमेकी’को प्रोडक्सन छ।
भिडियो विज्ञान न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।