काठमाडौं– गायक सुनिल दवाडीको मोर सजना बोलको गीतको भिडियो रिलिज गरिएको छ।
गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतले नेपाली र थारु संस्कृतिबिच मौलाएको प्रेम कथालाई भिडियोले देखाउन खोजेको छ।
उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिकक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी (इन्डिया) को मिक्सिगं तथा मास्टरिग रहेको छ।
भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ। अलिशा र विकाश एक अर्कासँग रोमान्टिक बनेका दृश्यहरू समावेश गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन्।
सार्वजनिक गीत मोर सजना इञ्जिनियरिङ पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो।
सुनिलले यसअघि ‘केवल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।