• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सबै ग्यास्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्

डा दिपेश गुरुवाचार्य बिहीबार, जेठ ४, २०८०  ०९:०२
1140x725
प्रतिकात्मक तस्बिर

ग्यास्ट्राइटिस नेपालीहरुलाई सताउने आम समस्या हो। चिकित्सकिय भाषामा यसलाई ग्यास्ट्राइटिस भनिए पनि आमरुपमा भने यो समस्यालाई ग्यास्ट्रिक भनेर चिनिन्छ। सामान्यतया आमाशयमा कुनै किसिमको समस्याले उत्पन्न गर्ने लक्षणलाई ग्यास्ट्राइटिस भनिन्छ। ती लक्षणहरु सामान्यदेखि जटिल खालका हुन्छन्। 

पेट ढाडिने, पेट फुल्ने, धेरै ढ्याउ आउने जस्ता लक्षणहरु सामान्य हुन्। कसैलाई अल्सरका लक्षणहरु पनि देखिन सक्छन्। पेट पोल्ने, पेट दुख्ने लक्षणहरु पनि हुन सक्छन्। पेटको दुखाई, पेटमा ग्याँस भरियो, वाकवाकी लाग्यो, धेरै डकार आयो, पेट पोल्यो भनेर धेरै बिरामीहरु आउँछन्। 

यसमा कारणहरु धेरै हुन सक्छन्। खानपीन, औषधिको सेवन, पेटको संक्रमणका कारण पनि यी समस्याहरु हुन्छन्। संक्रमणको कारण ‘एच पाइलोरी’ नामक ब्याक्टेरिया हुन्छ। पेट फुल्ने, पेट पोल्ने, धेरै ग्याँस भयो भनेर आएका तर ती बिरामीहरुमा तौल घटेको छैन, दिसामा रगत देखिएको छैन भने त्यसलाई सामान्य मान्न सकिन्छ। यही लक्षण भएका तर दिसामा रगत देखियो, मुखबाट रगत बग्यो, तौल घटेको छ, परिवारमा कसैलाई आन्द्रा सम्बन्धी क्यान्सर छ भने त्यसलाई जटिल ग्यास्ट्राइटिसको रुपमा लिनुपर्छ। यस्ता लक्षण भएका व्यक्तिहरुले तत्काल परीक्षण पनि गराउनुपर्छ। 

सबै अल्सरले क्यान्सरको रुप लिन्छ?
नेपाली समाजमा अहिले पनि ग्यास्ट्राइटिस बिग्रियो भने अल्सर, अल्सर बिग्रियो भने क्यान्सर हुन्छ भन्ने बुझाई छ। तर वैज्ञानिक हिसाबले यसमा सत्यता छैन। सबै अल्सर क्यान्सरमा जाने भन्ने हुँदैन। केही अल्सरहरु ग्यास्ट्राइटिसको कारणले भने हुन सक्छ। जस्तै एच पाइलोरी र औषधिले गराउने अल्सरहरु हुन्छ। 

डा दिपेश गुरुवाचार्य

यो अल्सरले क्यान्सर नै हुनुपर्छ भन्ने छैन। तर कुनै–कुनै पेटको क्यान्सर इण्डोस्कोपी गरेर हेर्दा मासुको डल्लो जस्तो नपलाइकन खोपल्टो जस्तो घाउँ हुन्छ। अल्सरको स्वरुप हेरेर इण्डोस्कोपी गर्दा क्यान्सर पो हो की जस्तो भन्ने पनि लाग्छ। तर त्यो पनि बायोस्पी गरेर मात्र थाहा पाउन सकिन्छ। यो जरुरी छैन की ग्यास्ट्राइटिस बिग्रेर अल्सर र अल्सर बिग्रेर क्यान्सर हुन्छ। यो आम मानिसको बुझाई मात्र हो। 

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा ठूलो भ्रम भनेको ग्यास्ट्राइटिसबाट अल्सर अनि अल्सरबाट क्यान्सर हुन्छ भन्ने कुरा हो। हरेक अल्सर ठिक नहुने र एकपटक अल्सर भएपछि सधैं हुने भन्ने हुँदैन। 

घरेलु उपाय कत्तिको ठीक?
ग्यास्ट्राइटिस भएपछि धेरैले अहिले पनि विभिन्न घरेलु उपायहरु अपनाउँछन्। यो ठीक÷बेठीक भन्दा पनि व्यक्तिको ग्यास्ट्राइटिसको अवस्था हेरेर हुन्छ। कसैलाई एकदम ग्याँस मात्र बन्ने, पेट फुल्ने, ढ्याउ आउने समस्या हुन्छ। यी समस्या भएका व्यक्तिले घरेलु खानपानलाई मिलाउँदा मात्र पनि धेरै कुरा ठिक हुन्छ। 

जस्तै, ग्याँस बन्ने खानाहरु, दूधको परिकारहरु, डेरीजन्य वस्तुहरु, प्याकेटका जुस, बियर, मैदाजन्य खानेकुराहरु, कोल्ड ड्रिंकहरु कम गर्दा पेटलाई राहत मिल्छ। यी खानेकुराहरु सकेसम्म नखाँदा नै राम्रो हुन्छ। सामान्य अवस्थाको ग्यास्ट्राइटिसको समस्या छ भने खानपानलाई मिलाएर जीवनशैली परिवर्तन गर्दा राम्रो हुन्छ। तर कुनै व्यक्तिको उमेर ५० वर्षभन्दा माथि छ, दिसासँगै रगत बगिरहेको छ, तौल घटिरहेको छ र परिवारमा कसैलाई पेटको क्यान्सर छ भने चिकित्सकलाई देखाउनु नै उपयुक्त हुन्छ। 

Xtrem
Xtrem

ग्यास्ट्राइटिस र खानपानको सम्बन्ध धेरै नै महत्वपूर्ण छ। माथि भनिएका यी खानेकुराहरु पचाउन नसकेर पेटमा ग्याँस बन्न पनि सक्छ। कसैको पेटले आटा, मैदाजन्य खानेकुरा पचाउन सक्दैन। कसैको पेटले दूधजन्य खानेकुरालाई पचाउन सक्दैन। यी खानेकुराहरु खाने बित्तिकै पेट फुल्ने, पखाला लाग्ने, पेट कराउने हुन्छ। जुन–जुन खानेकुराले गर्दा पेटमा ग्याँस बन्ने समस्या हुन्छ, ती खानेकुराहरु छाड्ने बित्तिकै ग्यास्ट्राइटिसको समस्या पनि कम हुन्छ। 

सबै व्यक्तिलाई पेटको रोग सम्बन्धी सबै परीक्षण गराउनुपर्छ भन्ने छैन। उमेर समूह, व्यक्तिको स्वास्थ्य अवस्था अनुसार परीक्षण गराउनुपर्छ। २०/२२ वर्ष उमेरको व्यक्ति छ तर उसलाई दिसामा रगत जाने समस्या छैन र परिवारमा कसैलाई पनि क्यान्सर छैन भने औषधिबाट मात्र पनि मनिटरिङ गर्न सक्छौं। तर कोही व्यक्तिको उमेर पुगेको छ, तौल घट्ने, दिसामा रगत देखिने र परिवारमा कसैलाई आन्द्रासम्बन्धी क्यान्सर छ भने उहाँहरुले छिटो परीक्षण गराउँदा राम्रो हुन्छ। 

ग्यास्ट्राइटिसको समस्याबाट बच्न शारीरिक व्यायामको महत्वपूर्ण भूमिका छ। जति हामी शारीरिक रुपमा सक्रिय रहन्छौं, त्यति नै पाचन प्रणाली राम्रो हुन्छ। ग्याँसको बिरामीहरुलाई पनि फाइदा गर्छ। आन्द्राको काम राम्रो भएपछि ग्यास्ट्रिकको समस्या पनि कम हुन्छ। जसरी स्वस्थ मुटुको लागि, मोटोपना नियन्त्रणका लागि व्यायामको महत्वपूर्ण भूमिका हुन्छ। पेट सम्बन्धी समस्याबाट बच्न पनि व्यायामको भूमिका महत्वपूर्ण मानिन्छ। 

(पेट तथा कलेजो रोग विशेषज्ञ डा दिपेश गुरुवाचार्य स्टार अस्पतालमा कार्यरत छन्।)

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्