काठमाडौं– चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आगामी जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ।
भोकलिस्ट निरन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसन ‘पैसा बिना कोही मर्नु हुँदैन भन्ने नारा सहितझ गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर्न लागिएको हो। म्युजिक टु हिल एन्ड हेल्पु च्यारिटी कन्सर्ट नक्सालमा हुँदैछ।
च्यारिटी कन्सर्टमा नेपालका चर्चित कलाकार तथा ब्यान्डको सहभागिता रहनेछ जसमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एन्ड द फारोह, द एस्क ब्यान्ड, अनुप्रस्थ ब्यान्ड, द एलिमेन्टस् , इन्दिरा जोशी एन्ड ब्यान्ड, महेश दोङग्, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेँलो बत्ती मुनिको सहभागिता रहने छ।
नेपाल डाइरिजको व्यवस्थापनमा रहेको यस कार्यक्रममा सम्पूर्ण कलाकारदेखि आयोजक बिनाशुल्क क्यान्सर पीडितका उपचारका लागि सहयोग गर्ने भएका छन्।
यस कार्यक्रम र डोनेसनबारे सम्पूर्ण जानकारी अनुप्रस्थ फाउन्डेसन तथा अनुप्रस्थ ब्यान्डको सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।