• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राज्य सञ्चालनमा मिलेमतोको 'महागठबन्धन'

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  १९:४४
1140x725

काठमाडौं- औपचारिक रुपमा नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी सरकारमा छन्। यसबाहेक जनमत पार्टी र जनमोर्चाको समेत सरकारलाई समर्थन छ। त्यसैले यी दलहरुका शीर्ष नेताहरुबीच निरन्तर छलफल हुनुपर्ने अपेक्षा गर्न सकिन्छ। तर परिस्थिति ठीक उल्टो भइरहेको छ।

भुटानी शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग निकटता बढाउँदै लगेको देखिन्छ। जबकि, यत्रो ठूलो प्रकरणमा सत्ता गठबन्धनको बैठक बस्ने कुनै छेकछन्द छैन।

नक्कली शरणार्थी प्रकरण बाहिरिएसँगै प्रचण्ड, देउवा र ओलीबीच चार पटक गोप्य बैठक भइसकेको छ। यी बैठकमा शरणार्थी प्रकरण र त्यसमा जोडिनसक्ने सम्भावित नेताहरुको बारेमा चर्चा भयो वा भएन? त्यसमा अहिले नै यकिन गर्न सकिने अवस्था छैन। औपचारिक रुपमा तीनवटै दलले त्यस विषयमा कुरा नभएको प्रष्टीकरण दिइरहेका छन्।

आम मानिसहरु भने दलहरुको यस्तो प्रष्टीकरण पत्याउन तयार छैनन्। त्यसको संकेत पाएरै एमाले उपाध्यक्ष सुवास नेम्वाङले वैशाख ३१ गते उल्लेखित नेताहरुसहितको बैठकमा नागरिक र मिडियाको प्रश्नलाई राखिदिएको बताएका थिए। 'तपाईंहरु तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ, के हो?' भनेर सोधेको उनको भनाइ थियो। भलै नेताहरुले अनुसन्धानमा सघाउने भनेको उनले बताएका थिए।

अति संवेदनशील र राज्यका निकायहरुमा बसेका जिम्मेवार व्यक्तिहरु नै मानव तस्करीको उद्योग चलाउन लागिपरेको जस्तो देखिने घटनापश्चात भएको तीन दलको मिलिभगतले जनस्तरमा प्रशस्त आशंका र संशय भने पैदा गरेको छ। यो आशंकालाई पुष्टि हुनेगरी तीन वटै दलहरुले यसअघि गाँठो परेका कैयौँ विषयहरुलाई धमाधम फुकाउँदै लगेका छन्। जसले थप आशंका जन्माएको छ, कतै उनीहरु शरणार्थी प्रकरणलाई ढाकछोप गर्न अन्य विषयमा 'गिभ एन्ड टेक' त गरिरहेका छैनन्?
 
एमालेको यू-टर्न
माओवादी केन्द्रले एमालेसँगको गठबन्धन त्यागेर कांग्रेससँगको पुरानो गठबन्धन पुनः ब्युँत्याएसँगै एमाले सरकारसँग रुष्ट बन्दै गएको थियो। एमाले माओवादी केन्द्रसँग आक्रमक देखिनु स्वाभाविक पनि थियो। त्यो आक्रामक शैली उसको दस्तावेजमा अझै छ।

हालै सम्पन्न एमालेको केन्द्रीय कमिटीबाट पारित अध्यक्ष ओलीले प्रस्तुत गरेका राजनीतिक दस्तावेजमा ‘विगत केही समययता नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सघन बनेको राजनीतिक आवरणको वित्तीय गठबन्धन’ नै कुशासनको आधार भन्ने ठहर छ। राजनीतिक आवरणको वित्तीय गठबन्धनलाई उसले व्याख्या भने गरेको छैन। यद्यपि यो भ्रष्टाचार र आर्थिक अपचलनतिर सोझिएको अनुमान गर्न सकिन्छ।

तर व्यवहारमा एमाले प्रतिपक्षी दलको हैसियतमा राजनीतिक आवरणको वित्तीय गठबन्धन भत्काउन वा त्यसलाई थप प्रभावकारी ढंगले जनतालाई बुझाउनेतिर लागिरहेको छैन। बरु गठबन्धनको हिस्सेदारी लिन हतारो गरिरहेको जस्तो देखिएको छ।

यसले गर्दा गठबन्धनका अन्य दलहरुको हैसियत केही थान मन्त्री कायम राख्नेमा सीमित भएको छ भने घुमाउरो रुपमा शक्तिशाली निकायहरुमा गरिने नियुक्ति र अन्य क्षेत्रमा एमालेको उपस्थिति बलियो बन्दै गएको छ। सामान्यतयाः प्रमुख प्रतिपक्षीलाई यस्तो भागबण्डाको हिस्सेदार बनाइँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानन्यायाधीश सिफारिस
सत्तारुढ गठबन्धनसँग एमालेले सम्बन्ध सुधार गरेको देखिने एउटा विषय हो, प्रधानन्यायाधीश सिफारिसमा लिएको लचकता। नक्कली भुटानी शरणार्थी प्रकरण नआउँदासम्म एमालेले प्रधानन्यायाधीश सिफारिसमा टसमस गरेको थिएन। अझै एमाले निकट कानुन व्यवसायीहरुका अनुसार संसद् विघटनको मुद्दाको सुनुवाइ गर्न गठित इजलासमा नबसिदिएर उनले ओलीलाई असहयोग गरेको बुझाइ ओलीको छ। साथै, अन्य कतिपय फैसलामार्फत् ओलीलाई धक्का दिएको बदला साँध्न एमालेले हरिकृष्ण कार्कीलाई कुनै हालतमा प्रधानन्यायाधीश स्विकार नगर्ने सन्देश सत्तारुढ दलहरुलाई दिएको थियो।

तर शरणार्थी प्रकरण बाहिरिएसँगै हरिकृष्ण कार्कीको प्रधानन्यायाधीशमा सिफारिस गरियो। सर्वोच्चका अन्य एकजना न्यायाधीश समेत सिफारिस योग्य भए पनि एमालेले त्यसो नगरी कार्कीको एकल सिफारिस गर्न सहमत भयो।

संसदीय समितिहरुमा भागबण्डा
एमाले उपाध्यक्ष नेम्वाङले आइतबार सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा तीनवटा संसदीय समितिहरुमा एमालेले नेतृत्व पाउने सहमति भएको जनाए। जबकि यसअघि प्रतिपक्षी दलले लेखा समितिको मात्र नेतृत्व पाउने अभ्यास छ। यो अभ्यासलाई तोड्दै एमालेले समितिहरुमा आफ्नो उपस्थिति बढाएको छ।

संवैधानिक नियुक्ति जोगाउने खेल
प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारुढ प्रमुख दुई घटकहरु कांग्रेस र माओवादी केन्द्रको सुधारिएको सम्बन्धलाई नजिकबाट नियालिरहेका कतिपय नेताहरुका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण र प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा दुई पक्षबीच प्याकेजमै डिल गरिएको छ।

Xtrem

Xtrem

के छ त त्यो प्याकेजमा? कांग्रेसका एक नेता भन्छन्, 'संसद् विघटनअघि एमालेले संवैधानिक निकायहरुमा नियुक्ति दिएकाहरुको निरन्तरतालाई कायम राख्ने विषयमा एमालेले सत्तारुढ घटकहरुलाई गलाउन सफल भएको छ। यसो गर्दा औपचारिक रुपमा सत्तामा नभए पनि एमालेले सरकार सञ्चालनमै आफ्नो शक्ति प्रदर्शन गर्न पाउँछ।

'कांग्रेसका दोस्रो तहका नेताहरु चकित परेका छौँ। संवैधानिक निकायहरुमा एमालेको नियुक्ति कायम राख्ने विषय अदालत पुगेको छ। तर दलहरुको सहमतिमा यस विषयलाई अनिर्णित राख्ने अवस्थाले ती निकायहरुबाट हुने शक्तिको चलखेलमा एमाले पनि सहभागी हुने तर अपजसचाँहि सत्तारुढ दलको हैसियतले कांग्रेसले भोग्नुपर्ने अवस्था सिर्जना हुन्छ', उनले भने।

संक्रमणकालीन न्याय
एमाले नजिकिएको मौका पारेर माओवादी केन्द्रले पनि राजनीतिक सौदाबाजी गरेको देखिन्छ। खासगरी संक्रमणकालीन त्यायको विषय टुंगोमा पुर्‍याउने विषयलाई उसले महत्त्व दिएको छ।

यसअघि यही विषय देखाएर माओवादी केन्द्रको खरो आलोचना गर्दै आएको एमाले प्रतिपक्षी भूमिकाका रहँदा पनि सत्ता सञ्चालनमा हिस्सेदारीको सुनिश्चिततासँगै यस विषयमा नरम रुपमा प्रस्तुत हुन थालेको माओवादी केन्द्रका नेताहरुको बुझाइ छ।

विचाराधीन विधेयक विशेष समिति गरेर टुंग्याउने सहमति यसअघि नै भइसकेको छ।

सर्वोच्च र अन्य अदालतमा भावी नियुक्ति
सर्वोच्चमा एक जना न्यायाधीश र उच्च र जिल्ला अदालतमा सहमतिका आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्ने अवस्था छ। यसमा योग्यताभन्दा पनि दलसँग निकट कानुन व्यवसायीहरुलाई नियुक्त गर्दै आइएको छ। एमालेले यस नियुक्तिमा पनि भागबण्डा सुनिश्चित गरेको बताइन्छ।

एक माओवादी नेताका अनुसार, सबै भागबण्डामा सत्तापक्षले झैं हिस्सा पाउने भएपछि मात्रै एमाले सकारात्मक देखिएको हो। एमालेको यस सहमतिपछि नेपाल बारमा एमाले निकट कानुन व्यवसायीहरु सर्वोच्चदेखि जिल्ला अदालतसम्मको नियुक्तिको लागि दौडधुपमा लागिसकेका छन्। 

महागठबन्धन?
त्यसो त एमाले, कांग्रेस र माओवादी केन्द्रबीचको महागठबन्धनको चर्चा नक्कली भुटानी शरणार्थी प्रकरण अगाडिबाट नै हुँदै आएको थियो।

गत उपनिर्वाचनको क्रममा चितवन र तनहुँमा महागठबन्धन गर्ने तयारी अन्तिम अवस्थामा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुको हस्तक्षेपका कारण रोकिएको थियो। त्यस्तो किसिमको गठबन्धन भएमा ठूला दलहरु आमजनताबीच मनोवैज्ञानिक रुपमै कमजोर देखिने डर दोस्रो तहका नेताहरुले देखाएका थिए। जसका कारण कांग्रेस र एमालेबीच झन्डैझन्डै बनिसकेको गठबन्धन भत्किएको थियो।

उपनिर्वाचन सकिएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु समेत तानिएका र तानिनसक्ने सम्भावनाका बीच देशका प्रमुख तीन दलबीच राज्य सञ्चालन र शक्तिशाली अवसरहरुमा बाँडफाँटको प्रयास अर्थपूर्ण छ।

तीन वटै ठुला दलहरु उदाउँदा नयाँ राजनीतिक शक्तिहरुसँग डराएका हुन्? वा भुटानी शरणार्थी प्रकरणको छानबिनलाई शीर्ष नेतृत्वसम्म पुग्न नदिन सहमति भएको हो? वा यसको पछाडि अन्य कुनै कारण छन्? यसका पहेलीहरु समयसँगै खुल्दै जाने छन्। तर यस्तो अभ्यासले प्रतिपक्षी दलको धर्म निर्वाह गर्न एमाले चुक्ने छ भने एमालेका कारण उत्पन्न हुने बाधा अड्चनको अपजस सत्तारुढ दलहरुले भोग्नुपर्ने छ। मूलतः संसदीय राजनीतिमा आवश्यक ठानिने भए पनि मुलुक यथार्थमा प्रतिपक्षीविहीन हुनेछ।
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
सम्बन्धित सामग्री
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्