• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, सोमबार नै फैसला गर्ने सर्वोच्च अदालतको तयारी

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  ११:२९
1140x725

काठमाडौं- टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलाले थुनामा रहेका रेशम चौधरीको मुद्दा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले हेर्दाहेर्दै राखेको मुद्दा सुनुवाइको लागि पेसी तोकिएको छ।

उक्त मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। उक्त दिन चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। सोमदेखि सरकारी वकिल र प्रतिपक्षका कानुन व्यवसायीहरुले बहस गर्नेछन्।

बहसका लागि महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको नेतृत्वमा २ सदस्यीय टोली पठाएको थियो। उनीहरुको बहसपछि निवेदकलाई प्रतिरक्षा बहसका लागि केही समय उपलब्ध गराउँदै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको छ।

सरकारले केही दिनअघि चौधरीलाई माफी दिनकै लागि विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ। चौधरीको भविष्य सर्वोच्चले सुनाउने फैसलामै निर्भर हुने देखिन्छ। 

नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरी सहितका टीकापुर घटनामा संलग्नहरुलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसदमा दर्ता गराएको थियो। तर उक्त विधेयक पास हुनुअघि नै सर्वोच्चले फैसला सुनाएमा उक्त व्यवस्था काम नलाग्ने देखिन्छ। सर्वोच्चले सफाइ दिएमा उनले सबै अभियोगमा क्लिन चिट पाउँदै राजनीतिमा फर्कन पाउनेछन् भने सर्वोच्चले दोषी ठहर गरेमा उनीलाई माफी दिने सबै बाटा बन्द हुनेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७७ फागुन १२ गते कैलाली जिल्ला अदालत र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो। चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। त्यसको करिब २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जिल्ला र उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि उनी जेलमा छन्। तर उनको दलले उक्त घटनालाई राजनीतिक आन्दोलनका रुपमा माफी दिनुपर्ने माग राख्दै आएको छ।

यद्यपि, कानुनले उनको मुद्दा नै फिर्ता लिन नमिल्ने भएकाले विभिन्न सरकारले माफी दिने प्रयास गरे पनि सफल भएको छैन। अहिले पनि उक्त दलले यही अजेण्डा उठाउने गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो । विभागले इनर... बुधबार, कात्तिक ११, २०८३
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) द्वारा आयोजित ‘एसिया... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्