काठमाडौं– आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेको थियो।
अदालतले उनीहरुमाथि अनुसन्धानका लागि थप चार दिनको म्याद थप गरेको छ। यसअघि तीन दिनको म्याद दिइएकोमा आइतबार थप अनुसन्धानका लागि नयाँ म्याद दिएको हो।
यो प्रकरणमा संलग्न भएको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँगै बहालवाला सचिव टेकनारायण पाण्डे पनि रहेका छन्। उनीहरुलाई आइतबार म्याद थपका लागि अदालत लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।