काठमाडौं– नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार खोप लगाइंदैछ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाइंदैछ।
सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको छ। मन्त्रालयले आइतबार ५ वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदैछ।
रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको ५ वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।