काठमाडौं- भिटामिन ‘बी कम्प्लेक्स’ पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुन सक्छ। स्वस्थ रहन तथा शरीरलाई ठिकठाक चलाउन भिटामिन्स र माइक्रोन्युट्रियन्टको जरुरी हुन्छ।
भिटामिन बी कम्प्लेक्स किन?
भिटामिन बी कम्प्लेक्सले शरिरमा मोटाबलिज्म बढाउँछ। मोटाबलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ। यसले डिएनए बनाउने काम पनि गर्छ। राता रक्तकोष निर्माण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ। यसले शरीरको विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ।
कमी भए के हुन्छ?
- हात/खुट्टा झमझम गर्ने
- हात/खुट्टा पोल्ने
- स्मरण शक्ति हस
- कमजोरी महसुस हुने
- थकान
- डिप्रेसन
भिटामिन बी कम्प्लेक्सको स्रोत
मासुजन्य पदार्थ
दूधजन्य पदार्थ (दूध, दही,पनिर, चिज आदि)
जमिन भित्र फल्ने फल (आलु, गाजर, मुला, सलगम, तरुल आदि)
भिटामिन बी विभिन्न रुपमा पाइन्छ। बी१, बी२, बी३ र बी१६। यी चार तत्वको सम्मिलित रुप नै भिटामिन बी कम्प्लेक्स हो। भिटामिन बीको पहिलो सदस्य ‘थाइमिन’ हो। त्यसैले यसलाई बी१ भनिन्छ। यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ। रोग प्रतिरोध क्षमता बढाउँछ। बी१ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ। यसको कमीले मानसिक समस्या पनि हुन्छ। यो चामल, गहुँ, जौ, सोयाबिन, केराउ, बदाम आदिमा पाइन्छ।
भिटामिन बी२ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ। यो मुख र आखाका लागि आवश्यक हुन्छ। यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ। यो दूध, दही, विभिन्न अनाज, हरियो सागसब्जीमा पाइन्छ।
भिटामिन बी६ लाई ‘पाइरिडाक्सिन’ भनिन्छ। यो छालाको लागि आवश्यक हुन्छ। यो अनाज, दूध, कलेजो, मासु आदिमा पाइन्छ।
भिटामिन बी१२ को रासायनिक नाम ‘सायनोकाबालामिन’ हो। यो छाला, हड्डी, कोषिका, मांसपेसीका लागि आवश्यक हुन्छ। यो मासु, माछा, अण्डा आदिमा पाइन्छ। भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।